"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चुनावपछिको अर्थतन्त्र सुधार गर्न राजनीतिमा युवा नेतृत्व खाँचो छ : वाग्ले

प्रकाशित मिति :  16 November, 2022 3:05 pm


काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्र सुधार गर्न राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताएका छन्। 

बुधबार बागमती क्याम्पसका विद्यार्थीलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्गचित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले यस्तो बताएका हुन्। 

उनले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिस्पर्धी बनाउन राजनीतिक निर्णय तथा नीतिहरूमा सुधार ल्याउनुपर्ने बताए। 

डा. वाग्लले मुलुकको अर्थतन्त्र सबल र चलायमान बनाउँदै माथि उठाउन राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने बताए। यथास्थितिमा भने मुलुकको अर्थतन्त्र माथि जान नसक्ने दाबी गर्दै उनले नेपालमा अबको पाँच वर्षमा हवाई क्षेत्रमा सुधार, होटेल पूर्वाधारको विस्तार, दक्ष जनशक्ति उत्पादन गरेर २० लाख पर्यटक ल्याउनुपर्नेमा जोड दिए। 

नेपाल आउने पर्यटकले गर्ने खर्च दैनिक सय डलर बनाएर घुम्ने र बस्ने अवधि १६ दिनसम्म बनाउँदा मात्रै पर्यटन क्षेत्रबाट आम्दानी बढ्न सक्ने उनको भनाइ थियो।

उनले रेमिट्यान्सले धेरै समय मुलुकको अर्थतन्त्र धान्न नसक्ने दाबी गरे। नेपालको पूर्वाधार तथा उद्योगमा विदेशी लगानी ल्याउँदै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर पर्यटक बढाउँदा मात्रै मुलुकको अर्थतन्त्र माथि उठ्न सक्ने उनको भनाइ थियो।

‘अहिले नेपाललाई रेमिट्यान्सले धानेको छ। तर, रेमिट्यान्सले नेपाललाई टाढा लाँदैन । अब विदेशी लगानी भित्र्याउनुपर्‍यो। नेपाली उत्पादनलाई विदेशमा पुर्‍याएर आम्दानी पनि बढाउनुपर्छ। पर्यटन, विदेशी लगानी बढाउँदा, उत्पादन बढाउँदा पनि नेपालको आर्थिक क्षेत्रबाट माथि उठाउन सक्छ,’ उनले भने, ‘राजनीतिक निर्णय तथा नीतिहरू अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिस्पर्धी बनाउने गरी गर्नुपर्छ। मुलुकको अर्थतन्त्र सबल र चलायमान बनाउन अहिलेको व्यवस्थाको निरन्तरता हुनुहुँदैन । यथास्थितिमा मुलुकको अर्थतन्त्र माथि जान सक्दैन। त्यसैले मुलुकको अर्थतन्त्र माथि लान राजनीतिक नेतृत्वमा युवा अगाडि आउनुपर्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी