"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चुनावपछिको अर्थतन्त्र सुधार गर्न राजनीतिमा युवा नेतृत्व खाँचो छ : वाग्ले

प्रकाशित मिति :  16 November, 2022 3:05 pm


काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्र सुधार गर्न राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताएका छन्। 

बुधबार बागमती क्याम्पसका विद्यार्थीलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्गचित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले यस्तो बताएका हुन्। 

उनले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिस्पर्धी बनाउन राजनीतिक निर्णय तथा नीतिहरूमा सुधार ल्याउनुपर्ने बताए। 

डा. वाग्लले मुलुकको अर्थतन्त्र सबल र चलायमान बनाउँदै माथि उठाउन राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने बताए। यथास्थितिमा भने मुलुकको अर्थतन्त्र माथि जान नसक्ने दाबी गर्दै उनले नेपालमा अबको पाँच वर्षमा हवाई क्षेत्रमा सुधार, होटेल पूर्वाधारको विस्तार, दक्ष जनशक्ति उत्पादन गरेर २० लाख पर्यटक ल्याउनुपर्नेमा जोड दिए। 

नेपाल आउने पर्यटकले गर्ने खर्च दैनिक सय डलर बनाएर घुम्ने र बस्ने अवधि १६ दिनसम्म बनाउँदा मात्रै पर्यटन क्षेत्रबाट आम्दानी बढ्न सक्ने उनको भनाइ थियो।

उनले रेमिट्यान्सले धेरै समय मुलुकको अर्थतन्त्र धान्न नसक्ने दाबी गरे। नेपालको पूर्वाधार तथा उद्योगमा विदेशी लगानी ल्याउँदै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर पर्यटक बढाउँदा मात्रै मुलुकको अर्थतन्त्र माथि उठ्न सक्ने उनको भनाइ थियो।

‘अहिले नेपाललाई रेमिट्यान्सले धानेको छ। तर, रेमिट्यान्सले नेपाललाई टाढा लाँदैन । अब विदेशी लगानी भित्र्याउनुपर्‍यो। नेपाली उत्पादनलाई विदेशमा पुर्‍याएर आम्दानी पनि बढाउनुपर्छ। पर्यटन, विदेशी लगानी बढाउँदा, उत्पादन बढाउँदा पनि नेपालको आर्थिक क्षेत्रबाट माथि उठाउन सक्छ,’ उनले भने, ‘राजनीतिक निर्णय तथा नीतिहरू अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिस्पर्धी बनाउने गरी गर्नुपर्छ। मुलुकको अर्थतन्त्र सबल र चलायमान बनाउन अहिलेको व्यवस्थाको निरन्तरता हुनुहुँदैन । यथास्थितिमा मुलुकको अर्थतन्त्र माथि जान सक्दैन। त्यसैले मुलुकको अर्थतन्त्र माथि लान राजनीतिक नेतृत्वमा युवा अगाडि आउनुपर्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको