"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचनलाई उत्सवका रुपमा लिन मतदातासँग प्रधानमन्त्री देउवाको अपिल

प्रकाशित मिति :  १ मंसिर २०७९, बिहीबार १३:२०


काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाउन आग्रह गरेका छन् ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भ पारेर भिडियो सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘निर्वाचनमा तपाईंहरूको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्ने छ ।’

दुई दुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको भन्दै देउवाले सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको बताएका छन् ।

सहमति र सहकार्यकै आधारमा देशलाई अघि बढाउन प्रतिबद्ध रहेको पनि बताएका छन् ।

देउवाको सन्देशको पूर्णपाठ :

आदरणीय दिदीबहिनी  तथा  दाजुभाइहरू

यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम चरणमा छौँ, लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्म हो, निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व हो, जहानीया राणा शासनको आन्दोलनले राजनीतिको चरण पार गिरिसकेको छ । अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने छ ।

नेपाली काँग्रेस मुलुकमा भएका हरेक राजनीतिक, सामाजिक आन्दोलनको नेतृत्व गरेको राजनीतिक पार्टी हो, अब मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउनु पनि काँग्रेसको जिम्मेदारी हो । २०४६ सालपछि मुलुकले  सामाजिक र आर्थिक विकासको एउटा बाटो लिएको छ तर पनि धेरै काम गर्न बाँकी छन् ।

हाम्रा युवाहरू नयाँ प्रविधि र ज्ञान विज्ञानमा उत्कृष्टता हासिल गर्दैछन् । उनीहरूको योग्यता, क्षमता र ज्ञानको कदर हुने गरी आगामी दिनमा नयाँ सोचका साथ अगाडि बढ्ने छौँ ।

हाम्रो शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्त र दुरुस्त पार्ने परिपाटीको विकास गर्ने छौँ, सीमान्तकृत समुदायको हक अधिकार प्राप्तिदेखि पिछडिएको क्षेत्र र समुदायको उत्थानमा नेपाली काँग्रेसको सरकारले महत्त्वपूर्ण काम गरेको छ । अझै परिणाम देखिने गरी अगाडि बढाइने छ ।

निर्वाचनमा तपाईँहरूको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्ने छ । दुई दुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको कुरा सबैमा जगजाहेर नै छ । सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको हो, त्यही सूत्रका आधारमा मुलुकलाई अघि बढाउन हामी प्रतिबद्ध छौँ ।

मङ्सिर ४ गते हुने निर्वाचनमा उत्साहपूर्ण रूपमा सहभागी भई प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारका चुनाव चिह्नमा र समानुपातिकतर्फ नेपाली काँग्रेसको चुनाव चिह्न रूखमा आफ्नो अमूल्य मत दिनु होला भन्ने सबैमा अनुरोध गर्दछु ।

‘हामी कुरा होइन काम गछौं’ भन्ने तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु । मतदानलाई लोकतन्त्रको उत्सवको रूपमा लिन सबै मतदाता आदरणीय दिदीबहिनी  तथा  दाजुभाइहरूमा हार्दिक अपिल गर्दछु ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा राखेको प्रस्तावको