"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो सबैमा धन्यवाद : प्रधानमन्त्री देउवा

प्रकाशित मिति :  21 November, 2022 12:36 am


काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउनुभएको छ। आइतबार निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगलाई धन्यवाद दिनुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो। 

ट्वीटरमार्फत् आयोगलाई धन्यवाद दिनुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभएको छ, ‘‘प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु।’’ 

त्यसैगरी प्रधानमन्त्री देउवाले निर्वाचन सफल पार्न खटिएका कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार र पर्यवेक्षकलाई समेत धन्यवाद दिनुभएको छ। प्रधानमन्त्री देउवाले ट्वीटमा थप लेख्नुभएको छ, ‘‘निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र पर्यवेक्षकमा धन्यवाद तथा आभार व्यक्त गर्दछु।’’  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी