"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इलामको दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थगित

प्रकाशित मिति :  23 November, 2022 7:00 pm


इलाम । इलामको दुई निर्वाचन क्षेत्रमा भइरहेको मतगणना कार्य स्थगित भएको छ । इलाम क्षेत्र नं २ मा साढे ३ बजेदेखि मतगणना स्थगित भएको हो । 

उता, क्षेत्र नं १ मा मतपेटिका शीलको विषयमा विवाद भएपछि गए रातिदेखि स्थगित भएको मतगणना कार्य अझै शुरु हुन सकेको छैन । इलाम क्षेत्र नं २ मा मतगणना जारी रहेकैबेला गणना गरेको मतपत्र शील नगरी राखिएको विषयमा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले विवाद निकालेपछि मतगणना कार्य स्थगित भएको छ । 

पुन ः गणना कार्य सुचारु गराउने सहमतिका लागि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेर उम्मेदवारका प्रतिनिधि तथा दलका प्रतिनिधिको बैठक बोलाएको छ । क्षेत्र नम्बर २ मा ६९ हजार ८५ मत खसेकामा करिब २२ हजार मत गणना भइसकेको छ । 

उता सूर्योदय नगरपालिकामा भइरहेको क्षेत्र नं १ को मतगणना सुचारु गराउन निर्वाचन अधिकृतको कार्यालयले सहमतिको प्रयास गरिरहे पनि अझै सहमति नहुँदा मतगणना स्थगित छ । दलहरुबीचको बैठकमा सहमति नजुट्दा मतगणना कार्य लम्बिएको हो । 

इलाम क्षेत्र नं १ मा भने २३ हजार ८ सय ६५ मतगणना सकिएको थियो । यहाँ ५९ हजार १ सय ३६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले