"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पाँचदलीय सत्ता गठबन्धनलाई प्रत्यक्षमा बहुमत

प्रकाशित मिति :  27 November, 2022 11:44 am


काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा सत्ता साझेदार पाँचदलीय गठबन्धनले ५० प्रतिशतभन्दा बढी सिटमा विजयी हासिल गरेको छ । नयाँ राजनीतिक दलको उदयले प्रभाव क्षेत्रमै प्रमुख दलहरू पराजित भए पनि पाँचदलीय गठबन्धनले सरकार गठबन्धनका लागि सुविधाजनक बहुमत प्राप्त गरेको हो । 

निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभामा पहिलो दल भएको छ । अपेक्षाकृत नतिजा हासिल गर्न नसके पनि प्रतिनिधि सभातर्फ १५२ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक हुँदा बहुमत सिटमा सत्ता साझेदार दलहरूको गठबन्धनले जित हासिल गरेको छ ।

सत्ता गठबन्धन ८३ सिटमा विजयी भएको छ । सात स्थानमा गठबन्धनका उम्मेदवारको अग्रता कायम छ । प्रतिनिधि सभाका तीन सिटमध्ये दोलखा र स्याङ्जा क्षेत्र नं. २ मा मतगणना सुरु भएको छैन । बाजुरामा शनिबार पुनः मतदान भएको छ । 

प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस ५२ स्थानमा विजयी भएको छ । गणना जारी रहेकामध्ये चार सिटमा कांग्रेसले अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको नेकपा (एमाले)ले शनिबार रातिसम्ममा ४० सिट जितेको छ । दुई सिटमा एमालेको अग्रता छ । 

नेकपा (माओवादी केन्द्र)ले १७ सिट जित्दा अरू एक स्थानमा अग्रता लिइरहेको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) प्रत्यक्षतर्फ १० सिट जित्दै चौथो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात सिटमा जित र एक स्थानमा अग्रता लिइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सात स्थानमा जित हासिल गरेको छ । जनता समाजवादी पार्टी नेपालले पाँच सिट जितेको छ । जसपाले एक सिटमा अग्रता लिइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चाले एक, नेपाल मजदुर किसान पार्टीले एक, जनमत पार्टीले एक सिट जितेको छ । पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी