"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पाँचदलीय सत्ता गठबन्धनलाई प्रत्यक्षमा बहुमत

प्रकाशित मिति :  27 November, 2022 11:44 am


काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा सत्ता साझेदार पाँचदलीय गठबन्धनले ५० प्रतिशतभन्दा बढी सिटमा विजयी हासिल गरेको छ । नयाँ राजनीतिक दलको उदयले प्रभाव क्षेत्रमै प्रमुख दलहरू पराजित भए पनि पाँचदलीय गठबन्धनले सरकार गठबन्धनका लागि सुविधाजनक बहुमत प्राप्त गरेको हो । 

निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभामा पहिलो दल भएको छ । अपेक्षाकृत नतिजा हासिल गर्न नसके पनि प्रतिनिधि सभातर्फ १५२ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक हुँदा बहुमत सिटमा सत्ता साझेदार दलहरूको गठबन्धनले जित हासिल गरेको छ ।

सत्ता गठबन्धन ८३ सिटमा विजयी भएको छ । सात स्थानमा गठबन्धनका उम्मेदवारको अग्रता कायम छ । प्रतिनिधि सभाका तीन सिटमध्ये दोलखा र स्याङ्जा क्षेत्र नं. २ मा मतगणना सुरु भएको छैन । बाजुरामा शनिबार पुनः मतदान भएको छ । 

प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस ५२ स्थानमा विजयी भएको छ । गणना जारी रहेकामध्ये चार सिटमा कांग्रेसले अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको नेकपा (एमाले)ले शनिबार रातिसम्ममा ४० सिट जितेको छ । दुई सिटमा एमालेको अग्रता छ । 

नेकपा (माओवादी केन्द्र)ले १७ सिट जित्दा अरू एक स्थानमा अग्रता लिइरहेको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) प्रत्यक्षतर्फ १० सिट जित्दै चौथो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात सिटमा जित र एक स्थानमा अग्रता लिइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सात स्थानमा जित हासिल गरेको छ । जनता समाजवादी पार्टी नेपालले पाँच सिट जितेको छ । जसपाले एक सिटमा अग्रता लिइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चाले एक, नेपाल मजदुर किसान पार्टीले एक, जनमत पार्टीले एक सिट जितेको छ । पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः