"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सात राजनीतिक दललाई राष्ट्रिय पार्टीको मान्यता

प्रकाशित मिति :  3 December, 2022 3:40 pm


काठमाडौं । हालसम्म सातवटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार सातवटा दलले राष्ट्रिय पार्टीको मान्यता पाएकाे निर्वाचन आयोगले जनाएको छ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी तीन प्रतिशत थ्रेसहोल्ड कटाएका आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले  बताए।

समानुपातिकतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ७५ मत गणना हुँदा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ। न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङ्जामा भने मतगणना चालू रहेकाले त्यसको परिणाम आउन बाँकी रहेको स्पष्ट पारे। आयोगले चार दिनभित्र समानुपातिकतर्फको मतगणना सकिने अनुमान गरेको छ।

दलहरूले पाएको मत संख्याअनुसार उनीहरूले बन्दसूचीमा पठाएका समानुपातिक सांसदहरू निर्वाचित हुनेछन्। त्यसका लागि आयोगले दलहरूले प्राप्त गरेको संख्या पठाउनेछ। दलहरूले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी आयोगमा नामावली पठाउनेछन्। त्यसो गर्दा एकतिहाई महिलाको संख्या भने राजनीतिक दलहरूले पठाउनैपर्ने कानुनी व्यवस्था रहेको वाग्लेले स्मरण गराए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः