"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ‘टाइम पर्सन अफ दी इयर २०२२’को उपाधि

प्रकाशित मिति :  8 December, 2022 12:23 pm


काठमाडौं । सन् २०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पाएका छन् । विश्वप्रसिद्ध म्यागेजिन टाइमले जेलेन्स्कीलाई उक्त उपाधि दिएको हो ।

यो उपाधि पछिल्लो १२ वर्षदेखि विश्व घटनामा सबैभन्दा बढी प्रभाव पारेको व्यक्तिलाई दिने गरिन्छ । सन् २०२२ को यो उपाधिका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ लगायतका नेताहरु नोमिनेसनमा परेका थिए ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले गरेको आक्रमणको डटेर सामना गर्दै आएका छन् । त्यसैले उनी यो उपाधिका लागि उपयुक्त भएको टाइम म्यागेजिनको निष्कर्ष छ ।

टाइम म्यागेजिनका प्रधानसम्पादक एडवर्ड फेलसेन्थलले भनेका छन्, युक्रेनको लागि लडाइँ चाहे कसैको डरले होस् वा विश्वासले होस्, भ्लोदोमिर जेलेन्स्कीले यसरी प्रेरित गरेकि, यस्तो हामीले यो दशकमा देखेका थिएनौं ।’

सन् २०२१ का ‘टाइम पर्सन अफ दी इयर’को उपाधि एलन मस्कले पाएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन