"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पोखरामा भोलिदेखि पर्वतीय महोत्सव हुदै

प्रकाशित मिति :  9 December, 2022 2:08 pm


कास्की । पोखरामा भोलि र पर्सी पर्वतीय महोत्सव आयोजना हुँदैछ । अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयले सातौं संस्करणको महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखि विविध कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ । खासगरी सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवद्र्धन तथा प्रदर्शन, पोखरामा पर्यटकलाई दोब्बर बृद्धि गर्नका लागि महोत्सव केन्द्रित रहने छ । यस्तै, हिमाली क्षेत्रका समस्या र समाधानका विषयमा छलफल हुने छ भने त्यस क्षेत्रका उत्पादनको बजारीकरण गरिने छ ।

संग्रहालयकी निर्देशक निर्मला न्यौपानेका अनुसार पर्वतीय क्षेत्रमा उत्पादित हुने वस्तु र खेलिने खेललाई प्राथमिकतामा राख्दै कार्यक्रमका इभेण्ट तय गरिएको छ । दुई दिन हुने महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्द किशोर पुनले गर्ने छन् । अन्तर्राष्ट्रिय पर्वतीय दिवसमा यस वर्षकोको नारा ‘वुमन मुभ माउन्टेन’ रहेको छ । महोत्सवमा दुबै दिन साहसिक खेललाई समावेश गर्दै जीपलाइन पनि राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चालाई घुसरकमसहित नियन्त्रणमा लिएको छ।

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध

काठमाडौँ- वैदेशिक रोजगार विभागका सुब्बा घुससहित रङ्गेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान विभागको टोलीले विभागको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत