"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पोखरामा भोलिदेखि पर्वतीय महोत्सव हुदै

प्रकाशित मिति :  9 December, 2022 2:08 pm


कास्की । पोखरामा भोलि र पर्सी पर्वतीय महोत्सव आयोजना हुँदैछ । अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयले सातौं संस्करणको महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखि विविध कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ । खासगरी सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवद्र्धन तथा प्रदर्शन, पोखरामा पर्यटकलाई दोब्बर बृद्धि गर्नका लागि महोत्सव केन्द्रित रहने छ । यस्तै, हिमाली क्षेत्रका समस्या र समाधानका विषयमा छलफल हुने छ भने त्यस क्षेत्रका उत्पादनको बजारीकरण गरिने छ ।

संग्रहालयकी निर्देशक निर्मला न्यौपानेका अनुसार पर्वतीय क्षेत्रमा उत्पादित हुने वस्तु र खेलिने खेललाई प्राथमिकतामा राख्दै कार्यक्रमका इभेण्ट तय गरिएको छ । दुई दिन हुने महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्द किशोर पुनले गर्ने छन् । अन्तर्राष्ट्रिय पर्वतीय दिवसमा यस वर्षकोको नारा ‘वुमन मुभ माउन्टेन’ रहेको छ । महोत्सवमा दुबै दिन साहसिक खेललाई समावेश गर्दै जीपलाइन पनि राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु हुँदैछ। निर्वाचन आयोगको आइतबार बसेको

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा