"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अविस्मरणीय यात्रा : मनमोहक मुस्ताङ

प्रकाशित मिति :  11 December, 2022 2:38 pm


नियात्रा :
संसारको एकमात्र विवेकशील प्राणी हो मानिस । त्यसैले मानिसमा आवेग, संवेग र विवेक हुन्छ । मानिसमा सोच्न सक्ने, विचार राख्ने र निर्णय गर्न सक्ने क्षमता हुन्छ । यसका अलावा मानिसलाई मनोरञ्जन पनि आवश्यक पर्दछ ।

त्यसैले होला यो संसार यति सुन्दर र रमणीय ठाउँले शु–सज्जित भएको । यहाँ हिमाल, पहाड, पहरा र छहरा, सुन्दर ताल र मनोरम अनेकौं प्राकृतिक सम्पदाको समिश्रणले भरिपूर्ण ठाँउ एउटा स्वर्ग हो, संसार ।
यस्तै एउटा स्वर्ग जस्तै ठाउँको यात्राको कथा हो यो जहाँ एक यात्री हैन केही दशक यात्री थियौं । शहर र वस्तीहरु त कति सहज र सरल थिए अनेकौं अवसर र धेरै विकल्पहरु थिए । तर, त्यो हिमालले छेकेको गाउँ स्वर्गको टुक्रा भएर पनि राज्यको नजर नपुगेको देखियो ।

हामीलाई लाग्यो संसार सानो छ । आजको प्रविधिको युगमा संसारलाई एउटा छातामा समेट्न सकिन्छ । टेलिभिजनको पर्दामा सारा संसार अटाउन सकिन्छ । तर, हाम्रो सोच केही हदसम्म काल्पनिक र वास्तविक थियो । साच्चै प्रविधिको युगमा संसार सानो छ । तर, हाम्रो यात्रा त्यस्तो ठाउँमा थियो १६औं र १७औं शताब्दीको संसार जस्तै लाग्थ्यो ।

यात्राकै क्रममा पर्ने संसारकै गहिरो खोच (अन्ध गल्छी) र त्यही नदिकै किनारै किनारको सानो र घुमाउरो बाटो वारी र पारीका अग्ला–अग्ला पहाडहरु जुन हामी हेर्ने र तस्वीर लिनेलाई अतिनै सुन्दर थिए ।

त्यहाँको स्थानीय वासिन्दालाई बरदान र अभिसाप दुबै थिए । तर, हाम्रा लागि पनि यो यात्रा साहसिक त छदै थियो यसका अलावा राज्यका लागि दीर्घकालीन आम्दानीको श्रोत थियो ।

यात्राकै क्रममा हामी हिमालपारी पुगिसकेका थियौं । विहानीको मौसम जिल्ला सदरमुकाममा केही चहलपहल थियो सायद तिहारको रौनक हुनुपर्छ । यसै क्रममा हामी मध्यान्ह दिनमा संसारकै उच्च स्थानमा रहेको हिन्दु मन्दिर (३८०० मी.) मुक्तिनाथ पुग्यौं । स्नान गरि मन्दिर दर्शन गर्ने अवसर पायौ । यो हिन्दु धर्ममा आस्था राख्ने मानिसहरूको प्रमुख धार्मिक स्थल हो ।

त्यसैदिन हाम्रो यात्रा छुसाङ् गाउँमा पुगेर अन्त्य भयो । बास त्यही बसियो । भोलिपल्ट बिहान उदाउँदो घाममा त्यस गाउँलाई नियाल्न पाइयो सुन्दर सानो वस्ती, तर रमाइलो र शान्त गाउँ । त्यस पश्चात हाम्रो यात्रा लोमान्थाङ तर्फ बढ्यो । हामी केही घन्टाको यात्रा पश्चात् लोमान्थाङ पुग्यौं । त्यहाँको बस्ती अनि कला तथा पुरातन संस्कृति शब्दमा बयान गर्नै सकिदैन । मुस्ताङ राजाको दरबार र पुरानो गुम्बा साच्चै रमणीय थियो ।

समयको गतिकै साथमा हाम्रो यात्राको अन्तिम गन्तव्य नेपाल तिव्वत व्यापारीक नाका कोरला सम्म थियो र त्यसै तर्फ अगाडी बढ्दै केही घण्टाको यात्रा पश्चात् सिमा सुरक्षा चेकपोस्ट पुग्यौ र सिमा क्षेत्रमा निषेधित गरिएका कार्यको पनि सूचना पायौं । जहाँ नेपाल तिब्बत नाका वा दशगजा क्षेत्रमा हो–हल्ला गर्न फोटो तथा भिडियो लिन लगायत सुरक्षा संवेदनशिलतालाई ध्यान दिएर यस्ता कार्यको पुर्ण निषेध गरिएको छ ।

दशगजा क्षेत्रबाट १४ कि. मि. तलै नेपाल तर्फको सिमा सुरक्षा चेकपोस्ट भएका कारणले सुरक्षा संबेदनसिलता तथा उच्च भौगोलिक अवस्थाका कारणले सुरक्षा निकायका सदस्य सहित त्यहाँबाट हाम्रो यात्रा कोरला नाका तर्फ बढ्यो ।

मौसमले साथ दिएको अनि भाग्यले अवसर जुराएको अन्तः नेपाल तिब्बत दशगजा २४नम्बर सिमा स्तम्भ कोरला नाका ४६६० मिटर उचाईमा पुग्न सफल भयौं ।

यात्राकै क्रममा जे देखियो त्यो रमणीय थियो र त्यहाँको भोगाइ र स्थाई, बसाई गाह्रो देखियो, अधिकांश माटोबाट बनेका घरहरू, खोलानाला पनि सुक्दै गएको भन्ने सुनियो । पानी कम पर्ने केहिवर्षदेखी बेसिजनमा पानी परेर समस्या निम्त्याउने गरेको रहेछ ।

मौसम परिवर्तनको असर पर्न थालिसकेको रहेछ । जसको उदाहरण स्वरूप स्याउँमा किरा लाग्न थालेको जस्तो र घोडा खच्चड चर्नको लागि घाँसको अभाव भएको पाइयो ।

पर्यटनको ठूलो सम्भावना रहेछ तर यातायात र पुर्वाधारको कमजोर विकास पाइयो, स्याउँ उत्पादनको राम्रो क्षेत्र भएर पनि राज्य स्तरबाट हौसला प्रदान नगरेको पाइयो । जडिबुटीको प्रचुर सम्भावना तर व्येवस्ता गरेजस्तो, आफ्नै संस्कृति परम्परा भएपनि लोप हुँदै गएको पाइयो ।

ठूलो अध्ययनको क्षेत्र साथै धार्मिक क्षेत्र तर प्रचार प्रसार कमजोर भएको । बाली नाली उत्पादन कम भएपनि अन्य कुराहरूबाटै सम्पन्न बन्ने ठाँउ भएर पनि विज्ञहरू नभएको र राज्यबाट त्यस किसिमको नीति र योजना नभएका हुन कि भन्ने देखियो ।

तश्विरहरुमा हेर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क

काठमाडौँ- नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा भएको निर्वाचनमा बादल निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौँ- नेपालले आईसीसी टी–२० विश्वकपमा स्थान सुनिश्चि गरेको छ। आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको १०