"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन आयोगले राष्ट्रपति समक्ष मतपरिणाम प्रतिवेदन बुझायो

प्रकाशित मिति :  15 December, 2022 12:31 pm


काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। बिहीबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिलाई प्रतिवेदन बुझाएका हुन्।

आयोगले बुधबार पत्रकार सम्मेलन गरी अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो। आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा बुधबार गरेको थियो। निर्वाचित सांसदको सूची नेपाल राजपत्रमा पनि प्रकाशित गरिने भएको छ।

साथै आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई पनि निर्वाचन मतपरिणामको प्रतिवेदन पेश गर्ने भएको छ। थपलियाका अनुसार पुस २ गते प्रदेश प्रमुखहरूलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी छ।

अब केही दिनमा राष्ट्रपतिले नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गर्नेछिन्। संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बन्ने सम्भावना छ। दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने सम्भावना छ।

अहिलेको सत्ता गठबन्धनबाटै नयाँ सरकार बनाउन नेपाली कांग्रेसले पहल गरिरहेको छ भने नेकपा एमालेले पनि सरकार बनाउनका लागि आफ्नो तर्फबाट पहल गरिरहेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन १३८ जना सांसदको समर्थन चाहिन्छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य