"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्टार्टअप विकासमा चार संस्थाबीच सहकार्य

प्रकाशित मिति :  15 December, 2022 1:45 pm


काठमाडौँ । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा स्टार्टअप विकासका लागि सहकार्य गर्ने भएका छन् । यसका लागि चार संस्थाको सहकार्यमा ‘ग्रोथएक्स एभरेस्ट एक्सेलेटर’ नामक कार्यक्रम अघि बढाइने भएको हो । 

उच्च सम्भावित प्राविधिक स्टार्टअप र साना तथा मझौला उद्यम (एसएमइज)लाई लक्षित गरी ग्रोथएक्स एभरेस्ट एक्सेलेटर कार्यक्रम अघि बढाइएको हो । यस कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने हो ।

कार्यक्रमले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) आकर्षित गर्न योगदान पुर्‍याउने बताइएको छ । यसले क्षेत्रीय र विश्व बजारमा नेपालको आर्थिक प्रतिस्पर्धा बढाउनेछ । ग्रोथएक्स एभरेस्ट एक हाइब्रिड संरचित एक्सेलेटर कार्यक्रम हो । यसमा नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्अपहरूलाई स्केलिङ–अप, विश्वव्यापी विस्तार र कोष संकलनमा सक्षम पार्नेछ । 

चारवटा संस्थाले संयुक्त रूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्ना उद्यम सञ्चालन गर्ने संस्थापकहरूलाई सहभागी गराइनेछ । यसले नेपाली स्टार्टअपहरूलाई अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त उद्योगी, डोमेन विशेषज्ञ, सफल संस्थापक र लगानीकर्ताहरूबाट सल्लाह दिनेछ । र, नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्क विकासका लागि मद्दत गर्नेछ । नेपालमा एक सम्पन्न प्राविधिक स्टार्टअप इकोसिस्टम निर्माण गर्न मद्दत पुग्ने सिएनआईको विश्वास छ ।

सहकार्य सम्झौता गरेपछि टिम भेन्चर्सका सिइओ तथा संस्थापक तेन्जिन सोनम गोन्सारले नेपालमा स्टार्टअपहरूको व्यवसायलाई माथि उठाउन प्रोत्साहन एवं सहयोग गर्न सिएनआईलगायत संस्थासँग साझेदार गरिएको बताए । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चकी अध्यक्ष प्राची अग्रवालले ग्रोथएक्स एभरेस्ट नेपालभित्र चलिरहेका विद्यमान एक्सेलेटर कार्यक्रमभन्दा फरक पहल भएको बताए । यो कार्यक्रम क्रस–बोर्डर मेन्टर्सिप, नेटवर्किङ, र विस्तारमा केन्द्रित रहेको उनले जानकारी दिए । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।

काठमाडौं – सरकारले स्टार्टअप व्यवसायका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार एक सूचना जारी

प्युठान – धान हुने खेती प्युठानको झिमरुक फाँटमा पछिल्लो समय ड्रागन फ्रुट फल्न थालेको छ । करिब १५ रोपनी क्षेत्रफलमा

काठमाडौँ– सरकारले युवालाई बिना धितो दुई लाखदेखि २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार