"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्टार्टअप उद्यम कर्जा कार्यक्रममा १० हजार युवा उद्यमीको आवेदन

प्रकाशित मिति :  23 March, 2026 9:04 pm


काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ का लागि तोकिएको समयभित्र कुल १० हजार २४४ वटा परियोजना प्रस्ताव प्राप्त भएका हुन्। मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै प्राप्त आवेदनमध्ये ८ हजार २०३ वटा विद्युतीय माध्यमबाट र २ हजार ४१ वटा भौतिक रूपमा दर्ता भएको जनाएको छ।

यो कार्यक्रमका लागि सरकारले चालु आवमा ८६ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ, जसबाट छनोट भएका स्टार्टअपहरूले ३ प्रतिशत ब्याजदरमा बिना धितो कर्जा प्राप्त गर्नेछन्।

यस पटकको छनोट प्रक्रियालाई पारदर्शी र छिटो बनाउन मन्त्रालयले प्रविधिको उच्च प्रयोग गरेको जनाएको छ। प्रारम्भिक स्क्रिनिङका लागि एआई सफ्टवेयर प्रयोग गरिएको छ, जसले करिब ८० प्रतिशत शुद्धताका साथ प्रस्तावहरूको अध्ययन गर्ने मन्त्रालयको विश्वास छ।

प्रारम्भिक सूचीमा परेका परियोजनाहरूको बैंकमार्फत ‘क्रेडिट चेक’ (कर्जा सूचना) गरिनेछ। मूल्यांकनमा ५० अंकभन्दा बढी प्राप्त गर्ने उद्यमीहरूलाई प्राथमिकताका आधारमा कर्जाका लागि सिफारिस गरिने मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाएर अघि बढ्ने बताएका छन्। मंगलबार मन्त्रालयमा २०

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ