"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ड्रागन फ्रुटबाट वार्षिक ४० लाख आम्दानी

प्रकाशित मिति :  11 July, 2025 11:33 am


प्युठान – धान हुने खेती प्युठानको झिमरुक फाँटमा पछिल्लो समय ड्रागन फ्रुट फल्न थालेको छ । करिब १५ रोपनी क्षेत्रफलमा लगाइएको ड्रागन फ्रुट अहिले बिक्री गर्न सुरु गरिएको छ ।

स्थानीय नवीनकुमार श्रेष्ठ र लोकबहादुर गुरुङले सञ्चालन गरेको इशान एग्रो फार्ममा अहिले लटरम्म ड्रागन फ्रुट फलेका छन् । यहाँ चार वर्षदेखि ड ड्रागन फ्रुट उत्पादन भइरहेको छ ।

गत वर्ष ३२ लाख रुपियाँ आम्दानी गरेको फार्मले यस वर्ष ४० लाखसम्म आम्दानी हुने अपेक्षा गरेको सञ्चालक श्रेष्ठले बताए । “पहिलेको तुलनामा बजार भाउ घटेको छ, अहिले ४५० रुपियाँ प्रतिकिलो बिक्री गरेका छौं ।”

ड्रागन खेतीका लागि करिब ५५ लाख रुपियाँ लगानी लागेको श्रेष्ठको भनाइ छ । जिल्ला बाहिर मार्केटमा चलेको तर जिल्लामा नभएको व्यवसाय गरेर जिल्लामा मार्केट बनाउन सकिने भन्दै यसतर्फ लागेको उनको भनाइ छ । उत्पादन भएका ड्रागन ६० प्रतिशत जिल्ला बाहिर र ४० प्रतिशत जिल्लामै बिक्री हुने गरेको छ ।

फार्मले ड्रागनको बिरुवा उत्पादन गरेर समेत बिक्री गर्ने गरेको श्रेष्ठले बताए । फार्मलाई अर्ग्यानिक उत्पादनको रुपमा विकास गर्ने योजना रहेको श्रेष्ठले सुनाए। “यो हाम्रो अर्गानिक उत्पादन हो, हामीले कुनै पनि विषादी प्रयोग गर्ने गर्दैनौं ।” अहिले फार्ममा अम्बा, कुरिलो खेतीसमेत गरिएको श्रेष्ठले बताए ।

  • गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो