"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

धरानका मेयर हर्क साम्पङले मागे कार्यपालिका सदस्यको राजीनामा

प्रकाशित मिति :  16 December, 2022 3:56 pm


काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।

करिब ४ महिनादेखि कार्यपालिका बैठक नियमित रुपमा बस्न नसकेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरुलाई राजीनामा दिन सुझाएका हुन् ।

१३ भदौमा बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङ र वडाध्यक्षहरु बीच विवाद भएपछि रोकिएको कार्यपालिका बैठक त्यस यता बस्न सकेको छैन । उक्त बैठकमा कार्यपालिका सदस्य अनुप देवानले बैठकमा प्रस्तावित प्रस्तावमा फरक मत राख्दा मेयर साम्पाङले बोल्न रोक लगाउँदै बाहिर निस्केर जान भनेका थिए ।

कार्यपालिका सदस्यहरुलाई अपमान गरेको भन्दै वडाध्यक्षहरुले मेयरलाई आत्माआलोचना गरी बैठकलाई सुचारु गर्न माग गरेका थिए । तर मेयर साम्पाङले कुनैपनि हालत माफी माग्दिन भनेपछि कार्यपालिका बैठक बस्न  नसकेको छैन ।

कार्यपालिका बैठक बस्न नसक्नुमा धरान विकास विरोधी वडाध्यक्षहरु भएको भन्दै बारम्बार सामाजिक सञ्जालमा लेखेका साम्पाङले आज पत्रकार सम्मेलन गरी आफूले भनेको नमान्ने भए राजनीमा दिए हुन्छ भन्ने तर्क गरेका हुन् ।

उनले आफ्नो कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै आफूलाई विकास गर्न अफ्ठयारो पार्ने कार्यपालिका सदस्यहरु नचाहिने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  राजेश

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर काठमाडौं महानगरपालिका रहेको पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त