"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  19 March, 2026 3:19 pm


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

राजेश हमाल अभिनित ‘अन्धपथ’ नामक चलचित्र निर्माणका लागि बजेट विनियोजन नै नगरी सरकारी रकम दुरुपयोग गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गाउँपालिकाका अध्यक्ष साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आरजे ट्वान्टी फोर न्यूजका अध्यक्ष रामबहादुर लम्सालले मिलेमतोमा सरकारी सम्पत्ति हिनामिना गरेको अनुन्धानबाट खुलेको छ । 

सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रतिकुल हुने गरी बिना प्रतिस्पर्धा १५ लाख ५ हजार रुपियाँको सम्झौता गरी कानुनले तोकेको सीमाभन्दा बढी ५८ प्रतिशत पेस्की रकम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको छ ।

आरजे ट्वान्टी फोर न्यूजसँग सम्झौता गरी भुक्तानी नव इन्द्रेणी फाउन्डेसनलाई दिएको र चलचित्र निर्माणका नाममा नक्कली बिल पेस गरेर खर्च देखाएको खुलेको छ । 

आयोगले प्रतिवादीहरूबाट जनही १२ लाख ७७ हजार २५० रुपियाँ बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।अध्यक्ष साउदलाई निर्वाचित पदाधिकारीका रूपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायको समेत माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — अध्यागमन विभागका कम्प्युटर अपरेटर र एक अमेरिकी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। भिसा नै कीर्ते गरेको अभियोगमा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको