"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नागरिकलाई सुसूचित गराउने कुरामा अझ बढी जोड दिनु : राष्ट्रपति

प्रकाशित मिति :  23 December, 2022 10:54 pm


सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिताले नागरिकलाई सुसूचित गराउने कुरामा अझ बढी जोड दिनुपर्ने बताएकी छन्। नेपाल पत्रकार महासंघको सुर्खेतमा जारी केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सूचनाको हक लोकतन्त्रको अर्को सुन्दर पक्ष भएको बताइन्।

‘विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न छोड्नु हुँदैन, सूचनाको हक लोकतन्त्रको अर्को सुन्दर पक्ष हो,’ उनले भनिन्, ‘पत्रकारिता जगतले सार्वजनिक निकायलाई जवाफदेही बनाउन मद्दत पुर्‍याउँछ, पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउने कुरामा महासंघप्रति विश्वस्त छु।’

राष्ट्रपति भण्डारीले नेपालको पत्रकारिता जगतले थुप्रै समस्या र चुनौती भोगेको बताउँदै यस्तो समस्याको यथोचित समाधानका लागि सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिइन्। उनले महासंघले पत्रकारको हकहित र राज्यको दायित्वका विषयमा सहजीकरण गर्ने विश्वास पनि आफूले लिएको बताइन्।

‘नागरिकका थुप्रै आवश्यकता छन्, ती आवश्यकता पूर्ति गर्ने कुरामा राज्य लागेकै छ,’ उनले भनिन्, ‘जनताका आवश्यकता पूरा गर्ने सन्दर्भमा सञ्चार माध्यमको पनि महवत्पूर्ण भूमिका छ, त्यसैले आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दछु।’

सुर्खेतमा पहिलोपटक नेपाल पत्रकार महासंघको केन्द्रीय वार्षिक साधारण सभा भइरहेको छ। शुक्रबारदेखि सुरू भएको साधारण सभा शनिबारसम्म चल्नेछ।

साधारण सभालाई सम्बोधन गर्न सुर्खेत आएकी राष्ट्रपति भण्डारीले शुक्रबार नै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको पनि उद्घाटन गर्ने तालिका छ। उनी आजै लुम्बिनी प्रदेश जाने कार्यक्रम रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य