"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्डलाई सात दल र स्वतन्त्रसहित १६९ सांसदको समर्थन

प्रकाशित मिति :  25 December, 2022 6:27 pm


काठमाडौँ । प्रधानमन्त्री बन्नका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सात दल र तीन तीन स्वतन्त्रसहित १६९ सांसदको समर्थन प्राप्त भएको छ । राष्ट्रपतिसमक्ष एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको समर्थन रहेको पत्र दाहालले बुझाएका छन् ।

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय सीमा दिएकी थिइन् ।

जसअनुसार दाहालले नेकपा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर दाहाल शीतल निवास पुगेका थिए । शीतल निवासमा सबै दलका अध्यक्षहरु पुगेका थिए । शीतल निवासमा एमाले अध्यक्ष केपी ओली, रास्वपाका अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी नेता रन्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरू पनि पुगेका थिए । यसवाहेक स्वतन्त्र सांसद अमरेश सिंह प्रभु साह पनि शीतल निवासमा पुगेका थिए ।

नेपाली कांग्रेससँग मिलेर सरकार बनाउन सहमति नजुटेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतबार दिउँसो नै एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेर आफू प्रधानमन्त्री बन्न नयाँ सहमति जुटाएका थिए । यसका लागि सातै दलका शीर्ष नेताहरू बालकोटस्थित ओली निवासमा नयाँ सहमति जुटाएका हुन् ।

उक्त सहमति अनुसार आगामी साढे २ वर्षका लागि दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने र त्यसपछिको बाँकी कार्यकाल एमालेले सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो। यदि सात दलहरूको सहमति अनुसारको नयाँ गठबन्धन बनेको खण्डमा कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपा मात्रै सरकार बाहिर रहने अवस्था देखिनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी