"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रदेश १ मा एमाले नेतृत्वमा नयाँ सरकार बन्ने सभावना

प्रकाशित मिति :  27 December, 2022 12:46 pm


विराटनगर । केन्द्रमा माओवादी केन्द्र र एमालेको नयाँ गठबन्धन बनेसँगै प्रदेश १ मा एमाले नेतृत्वमा नयाँ सरकार बन्ने सभावना बढेर गएको  छ । केन्द्रीय राजनीतिमा ‘युर्टन’ आएसँगै प्रदेश १ मा अब एमालेको नेतृत्वमा माओवादी, जसपा र राप्रपा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना बढेर गएको हो । 

एमाले संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भइसकेका छन् । यसैले उनकै नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन हुने प्रवल सम्भावना छ । किनभने प्रदेश १ मा सबैभन्दा ठूलो दल एमालेनै छ । एमालेले प्रत्यक्षतर्फ  २५ र समानुपातिकमा १५ सिटगरि जम्मा ४० सिट जितेको छ  ।

दोस्रो ठूलो दल कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सहित जम्मा २९ सिट जितेको छ ।  माओवादीले समानुपातिकमा ४ र प्रत्यक्षमा नौ गरि जम्मा १३ सिट जितेको छ । राप्रपाकाले समानुपातिकमा चार र प्रत्यक्षमा दुई गरि जम्मा ६ सिट जितेको छ । जनता समाजवादीले समानुपातिकमा एक सिट जितेको छ । जनता समाजवादीले समानुपातिकबाट १ सिट मात्र जितेको छ । 

प्रत्यक्षबाट ५६ र समानुपातिकबाट ३७ सहित जम्मा ९३ जना सांसद रहेको प्रदेश १ मा सरकार बनाउन बहुमत पुयाउन जम्मा ४७ सिट चाहिन्छ । हाल एमाले ,माओबादी , राप्रपा र जसपाको जम्मा ६० सांसद पुग्ने भएकोले सुबिधाजनक बहुमत हुनेछ । यहाँ राप्रपा र जसपाले साथ नदिएपनि एमाले र माओबादीको ५३ सिट पुग्ने भएकोले सुविधाजनक बहुमत पुग्नेछ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले