"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनी प्रदेशसभाको बैठक पुस १८ गते आह्वान

प्रकाशित मिति :  29 December, 2022 11:36 am


बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बैठक पुस १८ गतेका लागि आह्वान गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सभाको बैठक पुस १८ गते गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो एक बजेका लागि दाङको देउखुरीमा प्रदेश सभाको बैठक आह्वान गर्नुभएको हो ।    यसै गरी प्रदेश सभाका सदस्यहरूलाई पुस १७ गते शपथ गराउने तयारी भइरहेको छ । 

मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) को अध्यक्षता बसेको मन्त्रिपरिषद्को बैठकले सांसदहरूको शपथ ग्रहणका लागि १७ गते र प्रदेश अधिवेशन १८ गते बोलाउने गरी प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले