"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते आह्वान

प्रकाशित मिति :  29 December, 2022 11:40 am


सुर्खेत । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरिएको छ। प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान गरिएको हो। 

बुधबारको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वानका लागि पत्र पठाएको थियो। मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रदेशसभाको दोस्रो कार्यकालका प्रथम अधिवेशन आह्वान गर्न सिफारिस भई आए अनुसार प्रदेश प्रमुख तिलक परियारले पुस १८ गते प्रथम अधिवेशन आह्वान गरेका हुन्। 

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन्। प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको भूमिकामा अध्यक्षता गर्ने छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले