"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साझा कार्यक्रम तय गर्ने सत्तागठबन्धनको निर्णय

प्रकाशित मिति :  29 December, 2022 1:07 pm


काठमाडौं । सत्तासाझेदार दलहरूले आगामी पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। 

न्यूनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताए। उनले बैठकमा मन्त्रिमण्डल विस्तारबारे पनि छलफल भएको बताए। उनले आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारबारे पनि छलफल भएको जानकारी दिए।

‘सत्तारूढ गठबन्धनले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय भएको छ। हरेक राजनीतिक दलले न्यूनतम साझा कार्यक्रमका लागि सदस्य तोक्ने निर्णय भएको छ,’ उनले भने, ‘यो सत्तासाझेदार दलहरूमा संयोजकका रूपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूलाई अघि बढाउने निर्णय भयो। मन्त्रिमण्डल विस्तारका विषयमा छलफल भयो। मन्त्रिमण्डल विस्तार गर्दा योग्यताको आधारमा विस्तार गर्ने भन्ने विषयमा छलफल भयो।’

गृहमन्त्री लामिछानेले सरकार केका लागि हो भन्ने कुराको तय गर्न न्यूनतम साझा कार्यक्रम बनाउन लागिएको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको

काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने निर्णय गरेको छ

काठमाडौं – सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो मन्त्रिपरिषद्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विश्वविद्यालय र स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल