"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय

प्रकाशित मिति :  30 December, 2022 2:29 pm


काठमाडौं । म्यानमारको सैन्य अदालतले नेता आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय सुनाएको छ । यससँगै उनको कूल जेल सजाय ३३ वर्ष पुगेको छ ।

चुनाव जितेर आएकी सुकीलाई सैन्य सरकारले २०२१ फेब्रुअरीदेखि नजरबन्दमा राखेको थियो । उनीमाथि १९ आरोप लागेको थियो । यसबारे १८ महिना लामो अनुसन्धान–सुनुवाइ चल्यो । गत साता मात्र संयुक्त राष्ट्रसंघले सुकीलाई रिहा गर्न आग्रह गरेको थियो । तर शुक्रबार अन्तिम ५ आरोपमा सजाय सुनाइएको छ ।

बीबीसीका अनुसार एक अदालतले, सरकारका एक मन्त्रीले हेलिकोप्टर भाडामा लिँदा नियम पालना नगरेको भन्दै उनलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ ।

उनीलाई यसअघि नै कोभिडको नियम पालना नगरेको लगायतका १४ आरोपमा दोषी ठहर गरेर सजाय सुनाइएको छ । ७७ वर्षीया नोबेल पुरस्कार बिजेता सुकीले आफ्नो जीवनको लामो समय राजधानी नेपिडोस्थित घरमा नजरबन्दमा विताएकी छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन