"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनीका सबै सांसदको शपथ लिए

प्रकाशित मिति :  1 January, 2023 4:20 pm


बुटवल । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनियताको शपथ लिएका छन्। अरू प्रदेशमा जेष्ठ सदस्यले सम्बन्धित प्रदेश प्रमुखबाट सपथ ग्रहण गरेपछि अरू बाँकी सदस्यलाई शपथ ग्रहण गराउने गरे पनि लुम्बिनी प्रदेशमा सबै सांसदलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन्।

प्रदेशसभा नियमावली २०७९ को ४ को अनुसूची १ मा उल्लेख भएको ढाँचा अनुसार सबै सदस्यलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। अघिल्लो प्रदेशसभाको कार्यकालमा तत्कालीन प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको समितिले बनाएको नियमावलीमा प्रदेशसभा र प्रदेश प्रमुखको समन्वयमा सबै प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले नै पद तथा गोपनियताको शपथ ग्रहण गराउने उल्लेख गरिएको छ।

त्यही नियमावली अनुसार प्रदेश प्रमुख शेरचनले सपथ ग्रहण गराएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए। लुम्बिनी प्रदेशमा प्रत्यक्षका ५२ र समानुपातिकका ३५ गरी ८७ सदस्य छन्।

लुम्बिनीमा पहिलो दल बनेको एमालेबाट २९ सांसद छन् भने दोस्रो ठूलो दल नेपाली कांग्रेसका २७ सांसद छन्। माओवादी केन्द्रका ९, जनता समाजवादी पार्टीका ३, राप्रपा ४, नागरिक उन्मुक्तिका ४ र जनमत पार्टीका ३ तथा स्वतन्त्र ३ जना सांसद छन्।

प्रत्यक्षमा शुन्य बनेका नेकपा एकीकृत समाजवादी र जनमोर्चासँग समानुपातिक तर्फका एक-एक सांसद छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले