"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रशासनीक सुधारका लागि प्रधानमन्त्री प्रचण्डले गरे सचिवहरूसँग छलफल

प्रकाशित मिति :  2 January, 2023 4:46 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवा प्रवाहमा सहजता र आवश्यक सुधारका सम्बन्धमा सचिवहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सबै मन्त्रालय तथा कार्यालय र सातै प्रदेशका प्रमुख सचिवहरूलाई डाकेर प्रधानमन्त्रीले छलफल गरेका हुन्।

छलफल तत्कालीन समस्या र आधारभूत सेवा प्रवाहमा सहजता ल्याउने सम्बन्धमा केन्द्रित रहेको थियो। बिहान ११ बजेदेखि सुरु भएको बैठक २ बजेसम्म चलेको थियो।

यही विषयमा भोलि मंगलबार पनि बैठक बस्ने बताइएको छ। भोलिको बैठकमा सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य