"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रशासनीक सुधारका लागि प्रधानमन्त्री प्रचण्डले गरे सचिवहरूसँग छलफल

प्रकाशित मिति :  2 January, 2023 4:46 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवा प्रवाहमा सहजता र आवश्यक सुधारका सम्बन्धमा सचिवहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सबै मन्त्रालय तथा कार्यालय र सातै प्रदेशका प्रमुख सचिवहरूलाई डाकेर प्रधानमन्त्रीले छलफल गरेका हुन्।

छलफल तत्कालीन समस्या र आधारभूत सेवा प्रवाहमा सहजता ल्याउने सम्बन्धमा केन्द्रित रहेको थियो। बिहान ११ बजेदेखि सुरु भएको बैठक २ बजेसम्म चलेको थियो।

यही विषयमा भोलि मंगलबार पनि बैठक बस्ने बताइएको छ। भोलिको बैठकमा सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी