"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा कांग्रेसमा, महामन्त्री द्धयको लिखित असहमति

प्रकाशित मिति :  10 January, 2023 1:02 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् ।

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननर सिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् ।

पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि उनीहरुले असहमति जनाउँदै कार्य सम्पादन समिति बैठक बोलाउन माग गरेका थिए ।

जस अनुसार कार्य सम्पादन समितिले सभापति देउवाकै चाहना अनुसार विश्वासको मत दिने निर्णय गरेकोमा ४ जनाले फरक मत राखेका हुन् ।

देउवाको प्रस्तावमा संस्थापन पक्षले विश्वासको मत दिनुपर्ने धारणा राखेका छन् भने संस्थापनइत्तर पक्षले विपक्षमा मत दिए कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने धारणा राखेका छन्। 

आजको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ। दलहरु परामर्शमा जुटेपछि मंगलबार बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक दिउँसो १ बजेका लागि सारिएको थियो। एमालेसहितको समर्थनमा प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरेपछि भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

संविधानको धारा ७६ को उपधारा (२)बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ। २ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ। सत्ता साझेदार दलसँग पर्याप्त बहुमत रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका