"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सहमतिका आधारमा काम गर्न प्रतिवद्ध छु : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  11 January, 2023 4:36 pm


गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि ढुक्क भएको बताएका छन् । गोरखा महोत्सवको उद्घाटन गर्दै उनले आफूले सोचेजस्तै विश्वासको मत पाएको बताएका हुन् ।
‘कतै राजनीतिक दलबीच बिभाजन भयो, उनीहरुबीच प्रतिबद्धता र विश्वासमा एकरुपता आएन भने अप्ठ्यारो पो हुने हो कि भनेर हिजोसम्म मलाई अलिकति चिन्ता थियो’ उनले भने ।

उनले राष्ट्रिय सहमतिको प्रधानमन्त्रीको रुपमा काम गर्न आफूले पाएको अवसर चुनौतीपूर्ण समेत रहेको बताए ।

गोरखाले प्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री पाउनु गोरखाकै लागि गौरवको बिषय रहेको जानकारी दिए । भने, ‘अब छिट्टै प्रदेश सरकार पनि गठन हुँदैछ, प्रदेशमा पनि गोरखाबाट मन्त्री हुने सम्भावना छ, केन्द्रमा प्रधानमन्त्री पनि गोरखाबाट, भौतिक पूर्वाधार मन्त्री पनि गोरखाबाट अनि प्रदेशमा पनि मन्त्री हुनु यो एउटा दुर्लभ पाइने अवसर हो ।’

निर्वाचनको दौरान आफूले गरेका वाचा र प्रतिबद्धताहरुको राम्रै सम्झना रहेको बताउँदै उनले पूरा गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्ने जानकारी गराए ।

पृथ्वी जयन्ती ऐतिहासिक र दुरगामी महत्वका दिन भएकाले क्याविनेटबाट सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले बताए । यसले सिङ्गो राष्ट्र र नेपाली जनतासँगै गोरखा र गोर्खाली जनताको पनि सम्मान भएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका