"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद विस्तारबारे सत्ता साझेदार दलको बैठक बस्दै

प्रकाशित मिति :  12 January, 2023 10:21 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। बिहीबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक बस्ने भएको हो। यो मन्त्रिपरिषदको नियमित बैठक हो। सातामा दुई दिन सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गर्छ।

यस्तै आज सत्ता साझेदार दलहरूको बैठक पनि बस्दैछ। बिहीबार अपरान्ह ३ बजे बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको थियो।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्, त्यसबारे छलफल गर्न सत्ता साझेदार दलको बैठक बोलाइएको हो।

कुन दलबाट कति जना मन्त्री हुने भन्नेजस्ता विषय टुंगिन बाँकी छ। सरकारले न्यूनतम साझा कार्यक्रम पनि ल्याइसकेको र विश्वासको मतसमेत लिइसकेकोले अब मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी