"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद विस्तारबारे सत्ता साझेदार दलको बैठक बस्दै

प्रकाशित मिति :  12 January, 2023 10:21 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। बिहीबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक बस्ने भएको हो। यो मन्त्रिपरिषदको नियमित बैठक हो। सातामा दुई दिन सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गर्छ।

यस्तै आज सत्ता साझेदार दलहरूको बैठक पनि बस्दैछ। बिहीबार अपरान्ह ३ बजे बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको थियो।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्, त्यसबारे छलफल गर्न सत्ता साझेदार दलको बैठक बोलाइएको हो।

कुन दलबाट कति जना मन्त्री हुने भन्नेजस्ता विषय टुंगिन बाँकी छ। सरकारले न्यूनतम साझा कार्यक्रम पनि ल्याइसकेको र विश्वासको मतसमेत लिइसकेकोले अब मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य