"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वासको मत दिए पनि कांग्रेस भूमिका प्रतिपक्षकै हो : शेखर कोईराला

प्रकाशित मिति :  12 January, 2023 2:24 pm


काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिए पनि भूमिका भने प्रतिपक्षकै हुने प्रष्टाएका छन्। कांग्रेस सत्तापक्ष नभएको र प्रतिपक्षकै भूमिकामा रहने बताए। कोइरालाले कांग्रेसले अहिलेको सरकारमा कसैलाई पनि नपठाउने र भूमिका प्रतिपक्षकै हुने बताए।

‘कांग्रेस पदाधिकारी तथा कार्यसम्पादन समिति बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा दुई धारणा आएका थिए। कसैले विश्वासको मत दिनुपर्छ भन्नुभयो, कसैले दिन हुँदैन भन्नुभयो तर मैले हामी तटस्थ बस्नुपर्छ भनेको थिएँ,’ कोइरालाले भने, ‘तर पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेपछि सांसदको हैसियतले मैले पनि मत त दिनैपर्‍यो।’

प्रधानमन्त्रीलाई विश्वासको मत दिन हुने र नहुने गरी विवादमा पर्नुभन्दा कांग्रेसको भूमिका तटस्थ बस्दा उत्तम हुने विचार आफूले राखे पनि त्यसतर्फ खासै ध्यान नपुगेको उनी बताउँछन्।

‘हामी तटस्थ बस्नुपर्थ्यो भन्नेमा म अहिले पनि छु तर पार्टीले निर्णय गरिसकेर हामीले मत हालिसक्यौं,’ कोइरालाले भने। उनले पार्टीका नेता तथा कार्यकर्ताहरू निराश हुनुपर्ने कारण भने नरहेको बताएका छन्।

‘अर्को बुझ्नुपर्ने कुरा देशैभरका पार्टीका साथीहरू निराश हुनुपर्ने कारण छैन। हामी सत्ता पक्ष होइनौं, कांग्रेसले सरकारमा कोही पठाएको छैन र पठाउँदा पनि पठाउँदैन,’ उनले भने, ‘हामी प्रतिपक्षमा छौं। प्रतिपक्षको बेन्च कांग्रेसकै हो। संसदमा प्रभावकारी प्रतिपक्षको भूमिका हामी खेल्छौं।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका