"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वासको मत दिए पनि कांग्रेस भूमिका प्रतिपक्षकै हो : शेखर कोईराला

प्रकाशित मिति :  12 January, 2023 2:24 pm


काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिए पनि भूमिका भने प्रतिपक्षकै हुने प्रष्टाएका छन्। कांग्रेस सत्तापक्ष नभएको र प्रतिपक्षकै भूमिकामा रहने बताए। कोइरालाले कांग्रेसले अहिलेको सरकारमा कसैलाई पनि नपठाउने र भूमिका प्रतिपक्षकै हुने बताए।

‘कांग्रेस पदाधिकारी तथा कार्यसम्पादन समिति बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा दुई धारणा आएका थिए। कसैले विश्वासको मत दिनुपर्छ भन्नुभयो, कसैले दिन हुँदैन भन्नुभयो तर मैले हामी तटस्थ बस्नुपर्छ भनेको थिएँ,’ कोइरालाले भने, ‘तर पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेपछि सांसदको हैसियतले मैले पनि मत त दिनैपर्‍यो।’

प्रधानमन्त्रीलाई विश्वासको मत दिन हुने र नहुने गरी विवादमा पर्नुभन्दा कांग्रेसको भूमिका तटस्थ बस्दा उत्तम हुने विचार आफूले राखे पनि त्यसतर्फ खासै ध्यान नपुगेको उनी बताउँछन्।

‘हामी तटस्थ बस्नुपर्थ्यो भन्नेमा म अहिले पनि छु तर पार्टीले निर्णय गरिसकेर हामीले मत हालिसक्यौं,’ कोइरालाले भने। उनले पार्टीका नेता तथा कार्यकर्ताहरू निराश हुनुपर्ने कारण भने नरहेको बताएका छन्।

‘अर्को बुझ्नुपर्ने कुरा देशैभरका पार्टीका साथीहरू निराश हुनुपर्ने कारण छैन। हामी सत्ता पक्ष होइनौं, कांग्रेसले सरकारमा कोही पठाएको छैन र पठाउँदा पनि पठाउँदैन,’ उनले भने, ‘हामी प्रतिपक्षमा छौं। प्रतिपक्षको बेन्च कांग्रेसकै हो। संसदमा प्रभावकारी प्रतिपक्षको भूमिका हामी खेल्छौं।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी