"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने

प्रकाशित मिति :  13 January, 2023 12:53 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ। सत्ता साझेदार दलका शीर्ष नेताहरूका बैठकमा राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालयमा दाबी राख्दै आएको छ।

एक/दुई दिनभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दैछन्। राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ। राप्रपाका एक पदाधिकारीले दिएको जानकारीअनुसार अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री हुने सम्भावना बलियो छ।

‘उपप्रधानसहित रोजेको मन्त्रालय दिन सत्ता साझेदार दल सहमत छन्, अध्यक्षज्यूले ऊर्जामन्त्रीमा चासो देखाउनुभएको छ,’ ती पदाधिकारी भन्छन्, ‘हामीले ४ मन्त्रालय दाबी गरेका छौं।’

प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्। प्रदेशहरूमा पनि राप्रपाका सांसद छन्। सत्ता साझेदार अन्य दल भने राप्रपालाई ३ मन्त्रालय दिन तयार देखिन्छन्। ‘हामीले बागमतीको मुख्यमन्त्री छाडिएको हो, त्यसकारण केन्द्रमा उपप्रधानसहित ४ मन्त्रालय पाउनुपर्छ,’ ती पदाधिकारीले भने।

राप्रपाले बागमतीको सभामुख पाउने सत्ता साझेदार दलभित्र सहमति छ। त्यसका लागि राप्रपाले उम्मेदवारीसमेत दिइसकेको छ।

केन्द्रमा अरू मन्‍त्रालय कुन-कुन लिने भन्नेबारे पार्टीमा आन्तरिक छलफल हुन बाँकी रहेको उनले बताए।

‘सत्ता साझेदार दलको बैठक पनि बस्न सकेको छैन। बिहीबार बैठक गर्ने भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन गएकोले बैठक सर्‍यो,’ ती नेता भन्छन्, ‘सत्ता साझेदार दल बैठक गरी कुन पार्टीले कति र कुन मन्त्रालय पाउने भन्ने टुंगो लगाएपछि मात्रै पार्टीले क-कसलाई मन्त्रीमा पठाउने निर्णय गर्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका