"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभापति देउवाले दिए नेविसंघ र तरुण दललाई पूर्णताको निर्देशन

प्रकाशित मिति :  13 January, 2023 1:55 pm


काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ र तरुण दलको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने तयारी सुरु गरेको छ । सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले नेविसंघ र तरुण दलका अध्यक्षलाई छलफलका लागि डाकेका थिए ।

देउवा निवास धुम्बाराहीमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र तरुण दलका अध्यक्ष विद्वान गुरुङले पूर्ण कार्यसमितिका लागि पार्टी छलफल गरेका हुन् । सभापति देउवा र महामन्त्री थापासँग तरुण दलको केन्द्रीय समिति गठन बारेमा छलफल भएको अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।

तरुण दलका अध्यक्ष गुरुङ अघि नेताहरुलाई भेट्न नेविसंघका अध्यक्ष शेर्पा धुम्बाराही पुगेका थिए । देउवा एक साताभित्र संघको पूर्ण कार्यसमिति ल्याउन शेर्पालाई निर्देशन दिएका छन् । तदर्थ समितिलाई पूर्णता दिने क्रममा कांग्रेसले पदाधिकारी विहिन कार्यसमिति ल्याउने तयारी गरेको छ ।

भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय केन्द्रीय समितिले दुईपटक गरिसकेको छ । गत फागुनमा १० भ्रातृ संस्थाको केन्द्रीय नेतृत्व भंग गरिएको थियो । यसबीचमा पाँच भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै देउवाले मनोनित गरेका छन् ।

नेविसंघमा शेर्पा, तरुण दलमा गुरुङ, किसान संघमा गणेश तिमिल्सिना, महिला संघमा उषा राउत र आदिवासी जनजाति संघमा ओमबहादुर घर्तीमगर अध्यक्षमा मनोनित भएका छन् । प्रजातन्त्र सेनानी संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, भूतपूर्व सैनिक संघ लगायतको मूल नेतृत्व समेत मनोनित गरिएको छैन ।

पार्टी केन्द्रीय समितिले सबै तहको निर्वाचन सकिएको तीन महिनाभित्र अधिवेशन गर्न निर्देशन दिएको छ । केन्द्रीय समिति भंग भएको १० महिना पछि दुई भ्रातृ संस्थाको पूर्णता दिने पार्टीले तयारी गरेको छ । नेविसंघ र तरुण दल पार्टीका प्रमुख भ्रातृ संस्था हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका