"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभापति देउवाले दिए नेविसंघ र तरुण दललाई पूर्णताको निर्देशन

प्रकाशित मिति :  13 January, 2023 1:55 pm


काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ र तरुण दलको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने तयारी सुरु गरेको छ । सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले नेविसंघ र तरुण दलका अध्यक्षलाई छलफलका लागि डाकेका थिए ।

देउवा निवास धुम्बाराहीमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र तरुण दलका अध्यक्ष विद्वान गुरुङले पूर्ण कार्यसमितिका लागि पार्टी छलफल गरेका हुन् । सभापति देउवा र महामन्त्री थापासँग तरुण दलको केन्द्रीय समिति गठन बारेमा छलफल भएको अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।

तरुण दलका अध्यक्ष गुरुङ अघि नेताहरुलाई भेट्न नेविसंघका अध्यक्ष शेर्पा धुम्बाराही पुगेका थिए । देउवा एक साताभित्र संघको पूर्ण कार्यसमिति ल्याउन शेर्पालाई निर्देशन दिएका छन् । तदर्थ समितिलाई पूर्णता दिने क्रममा कांग्रेसले पदाधिकारी विहिन कार्यसमिति ल्याउने तयारी गरेको छ ।

भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय केन्द्रीय समितिले दुईपटक गरिसकेको छ । गत फागुनमा १० भ्रातृ संस्थाको केन्द्रीय नेतृत्व भंग गरिएको थियो । यसबीचमा पाँच भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै देउवाले मनोनित गरेका छन् ।

नेविसंघमा शेर्पा, तरुण दलमा गुरुङ, किसान संघमा गणेश तिमिल्सिना, महिला संघमा उषा राउत र आदिवासी जनजाति संघमा ओमबहादुर घर्तीमगर अध्यक्षमा मनोनित भएका छन् । प्रजातन्त्र सेनानी संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, भूतपूर्व सैनिक संघ लगायतको मूल नेतृत्व समेत मनोनित गरिएको छैन ।

पार्टी केन्द्रीय समितिले सबै तहको निर्वाचन सकिएको तीन महिनाभित्र अधिवेशन गर्न निर्देशन दिएको छ । केन्द्रीय समिति भंग भएको १० महिना पछि दुई भ्रातृ संस्थाको पूर्णता दिने पार्टीले तयारी गरेको छ । नेविसंघ र तरुण दल पार्टीका प्रमुख भ्रातृ संस्था हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी