"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चिनियाँ राजदूत छेन् सोङ्ग र प्रधानमन्त्री प्रचण्डविच शिष्टाचार भेट

प्रकाशित मिति :  16 January, 2023 12:26 pm


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् ।

सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट गरेका हुन् । भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउनेबारे संवाद भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

राजदूत सोङ्गले प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई र नयाँ वर्षको शुभकामना सन्देश पनि हस्तान्तरण गरेकका थिए ।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सिचिन फिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः