"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रालय टुंगो लगाउन उच्चस्तरीय संयन्त्रको बैठक

प्रकाशित मिति :  16 January, 2023 6:13 pm


काठमाडौं । मन्त्रालय बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धन दलहरूको बैठक बसेकोछ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउने बताइएको छ।

बैठकमा पाँच दलका शीर्ष नेताहरू सहभागी छन्।  सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता बैठकमा छैनन्। पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिए पनि अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।

अहिले उनले तीन जनाको मात्रै जिम्मेवारी तोकेका छन् भने ४ जना बिना विभागीय मन्त्री छन्। आजै प्रधानमन्त्री दाहालले बालकोट पुगेर उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। भेटपछि प्रधानमन्त्री दाहालले आजै मन्त्रालय बाँडफाँटको टुंगो लगाउने प्रतिक्रिया दिएका  थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य