"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बालुवाटारमा सर्वदलीय बैठक बस्दै

प्रकाशित मिति :  17 January, 2023 6:41 pm


काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सबै दलहरू एवम् नेताहरुसहितकाे सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरू सहभागी हुनुभएको जानकारी दिनुभयो । 

बैठकमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खान, स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहलगायतका नेताहरू सहभागी हुनुहुन्छ । 

बैठकमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक पनि बैठकमा सहभागी हुनुभएको छ । 

सोमबार राति सत्ता साझेदार दलको बैठकमा मन्त्रालय बाँडफाँडमा भएको सहमतिअनुरूप आज मन्त्रिपरिषद् विस्तार भएको हो । 

नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ एवम् पदभार ग्रहण लगत्तै सर्वदलीय बैठक बसेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको

काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने निर्णय गरेको छ

काठमाडौं – सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो मन्त्रिपरिषद्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विश्वविद्यालय र स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल