"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ट्वीटरको आम्दानी ४० प्रतिशतले घट्यो

प्रकाशित मिति :  19 January, 2023 10:07 am


एजेन्सी । इलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गरेयता पाँच सयभन्दा बढीले विज्ञापन रोकेका छन् । ट्वीटरको विज्ञापनसँग जानकार एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले बुधबार यो समाचार सार्वजनिक गरेको हो ।

यस वर्ष जनवरी १७ सम्म ट्वीटरको आम्दानी अघिल्लो दिनको तुलनामा ४० प्रतिशतले घटेको समाचारमा जनाइएको छ । यस बारेको समाचार सबभन्दा पहिले मंगलबार प्रविधिसम्बन्धी न्युजलेटर प्ल्याटफर्मरले प्रकाशित गरेको थियो । ट्वीटरले भने यसबारे कुनै प्रतिक्रिया नदिएको समाचार संस्था रोयटर्सले जनाएको छ । ट्वीटरले सन् २०१९ मा राजनीतिक विज्ञापन रोक्ने निर्णय हालै उल्टाउँदै विज्ञापन नीति खुकुलो पार्ने जनाएको थियो ।

मस्कले गत अक्टोबरमा २७ मा ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेका हुन् । उनी विद्युतीय कार निर्माण कम्पनी टेस्ला र स्पेस एक्स कम्पनीका समेत मालिक हुन् । ट्वीटर खरिद गरेसँगै मस्कले २०२१ को नोभेम्बरदेखि २०२२ को डिसेम्बरसम्ममा १ खर्ब ६५ अर्ब अमेरिकी डलर बराबरको रकम गुमाएका हालै सार्वजनिक भएको छ ।

ट्वीटर किनेपछि टेस्लाका लागि समय नदिने लगानीकर्ताको चिन्ताका कारण उनको कम्पनीको सेयरमा भारी गिरावट आएको हो । कम्पनीले गत वर्ष जम्मा १३ लाख वटा गाडी मात्रै बजारमा पुर्‍याएका कारण सेयर मूल्य घटेको जनाइएको छ । त्यसका साथै, ट्वीटर खरिद गरेपछि ठूलो संख्यामा कर्मचारीलाई बर्खास्त गर्ने र सामग्रीसम्बन्धी नीतिमा ल्याएको हेरफेरका कारण सेयरमा गिरावट आएको हो ।

मस्कले गुमाएको सम्पत्तिको विवरण उनको स्वामित्वमा रहेका सेयरमा आएको गिरावटका आधारमा निकालिएको हो । जसका कारण सेयरको मूल्य पुनः बढेको खण्डमा भने उनको गुमेको सम्पत्ति फेरि बढ्न सक्छ  । यसअघि जापानी प्रविधि लगानीकर्ता मासायोसी सोनले सन् २००० मा ५८.६ अर्ब अमेरिकी डलर गुमाएका थिए । उक्त कीर्तिमान मस्कले तोडेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन