"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति एमाले उम्मेदवारमा राष्ट्रिय सहमति गरौँ : ओली

प्रकाशित मिति :  19 January, 2023 9:01 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनको सम्भावना नटरेको बताएका छन् । ‘राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ, त्यस्तो हुन सक्छ,’ उनले भने । प्रतिनिधिसभाको बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले संसद्‌मा कांग्रेसले उच्चस्तरीय संयन्त्र बनाएको विषयमा विरोध गरेको भन्दै त्यस्तो अभ्यास पनि कांग्रेसले नै सुरू गरेको बताए । ‘कांग्रेसले रामचन्द्र पौडेलजीको नेतृत्वमा संयन्त्र गठन गरेर नयाँ प्रचलन थालेको हो । मैले पहिले संविधानविपरीतको कुरा हुँदैन, पर्दैन भनेकै हो । तर कांग्रेसले गत सरकारमा संयन्त्र बनाएर अभ्यास सुरु गर्‍यो,’ उनले भने, ‘अहिले हामीले त्यसैलाई निरन्तरता दिएको मात्रै हो । अहिले फेरि कांग्रेसले नै फेरि प्रश्न गर्‍यो । यसरी बेलगाम चल्ने कुरा र प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्ने कुरा यो पनि अशुभको संकेत हो ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा