"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति चयन समझदारीमा गर्ने कोशिसमा छौँ : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  19 January, 2023 9:34 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सहमतिमै राष्ट्रपति चयन भए हुन्थ्यो भन्ने चाहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा बिहीबार प्रधानमन्त्री दाहालले सभामुख र उपसभामुखमा निर्वाचन हुने अवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिमा भने सहमतिको प्रयास भइरहेको बताए ।

‘सभामुखको निर्वाचन भयो । उपसभामुखको निर्वाचन पनि यसैगरी हुन्छ,’ उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । सत्ता साझेदार दल र मैले पनि एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस हो । हामी प्रयास गरिरहेका छौं ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका