"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिका लागि समर्थन जुटाउने प्रयासमा लाग्छौँः सांसद पौडेल

प्रकाशित मिति :  20 January, 2023 10:08 am


काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताए । बिहीबार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै पौडेलले कांग्रेस राष्ट्रपति निर्वाचनका लागि समर्थन जुटाउने प्रयासमा लाग्ने बताए ।

अहिलेसम्म राष्ट्रपतिका लागि सहमति नभएकाले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताए । गठबन्धन कायम रही रहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवारहरुलाई जिताउन मुस्किल भए पनि उम्मेदवारी दिएर समर्थन जुटाउन खोज्नु स्वाभाविक भएको सांसद पौडेलको भनाइ छ ।

‘‘गठबन्धन कायम रहिरहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवारहरुलाई जिताउन मुस्किल छ । त्यस कारण नयाँ रिसाबाट हामीले जाने कुरा स्वाभाविक हो । निर्वाचनमा उम्मेदवार खडा गरेपछि जिताउनको निम्ति मतदाताहरुसँग मत माग्नु स्वभाविक हो । हामीले प्रतिपक्षमा नै बसेर विश्वासको मत दिने भनेका हौं । हामीले सत्ता पक्ष भएर विश्वासको मत दिएको होइन ।,’’ सांसद पौडेलले भन, ‘‘प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति भयो । त्यही अनुसार कांग्रेसले विश्वासको मत दिएको अवस्था हो । कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन्छ । अहिलेसम्मको अवस्थामा सहमति हुने अवस्था देखिँदैन । तर राष्ट्रपतिको लागि प्रयास गर्ने उम्मेदवारलाई जिताउनको निम्ति सर्मथन जुटाउने आजदेखि प्रयास गर्छौं ।’’

सांसद पौडेलले प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति अनुसार कांग्रेसले विश्वासको मत दिएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका