"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपसभामुखमा इन्दिरा र मुक्ताकुमारीको उम्मेदवारी

प्रकाशित मिति :  20 January, 2023 8:35 pm


काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्दिरा राना मगर र नेपाली कांग्रेसका मुक्ताकुमारी यादवले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

रास्वपाका सांसद मगरलाई सत्तारुढ दलको समर्थन रहेको छ । उनको प्रस्तावकमा रास्वपाकै सांसद सोविता गौतम छन् भने समर्थकमा नेकप ९एमाले०का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्रप्रसाद लिङ्देन छन् ।

यसैगरी, कांग्रेसका सांसद यादवलाई सरकारमा सहभागी नभएका दलको समर्थन रहेको छ । उनको प्रस्तावकमा कांग्रेसकै सांसद बद्री पाण्डे छन् भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी) पार्टीका मेटमणि चौधरी छन् ।

संसद सचिवालयले बिहीबार उपसभामुखको मनोनयन दर्ता गर्ने समय आज ९शुक्रबार० दिउँसो १ देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । उपसभामुखका लागि भोलि (शनिबार) दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्नेछ ।

यसअघि बिहीबार नेकपा (एमाले)का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा चयन भई सपथ लिई सकेका छन् । उनले १६७ मत प्राप्त गरेका थिए । त्यस्तै, उनका प्रतिस्पर्धीमा कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपाने १०० मत पाएकी थिईन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका