"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोइराला पक्षको बैठकले देउवाको आलोचना, आगामी रणनीति तय गर्न अर्को बैठक बोलायो

प्रकाशित मिति :  22 January, 2023 7:05 pm


काठमाडौं  आज नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठक बसेको बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली, आगामी माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले बताए ।  

 
यस्तै उहाँका अनुसार यी विषयमा केन्द्रित भएर समूहका नेताहरूले आ–आफ्नो धारणा राखेका छन् । यस्तै आगामी मंगलबार पुनः बसेर समूहको रणनीति तय गरिने केसीले बताए । 

 
यता बैठकमा बोल्ने अधिकांश नेताहरूले प्रचण्डलाई विश्वासको मत दिएको सन्दर्भमा सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए । प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नु नेतृत्वको कमजोरी भएको भन्दै उनीहरूले सभापतिको कार्यशैलीको आलोचना गरेका थिए । 

यस्तैगरि देउवाले पार्टीबाट प्रचण्डलाई विश्वासको मत दिने निर्णय गराउनुभएको थियो । पुस २६ मा विश्वासको मत दिँदा केही नेताहरूले असन्तुष्टि समेत पोखेका थिए । संसदीय दलको निर्वाचनमा आफ्नै समूहबाट धोका भएको विषयमा समेत छलफल भएको थियो । संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाले आफ्नै समूहबाट पनि मत नपाएको कतिपयले प्रश्न उठाएका थिए । अब पार्टीलाई सही ढंगले अघि बढाउन प्रभावकारी योजनाका साथ अघि बढेर सोही अनुसार नेतृत्वलाई दबाब दिनुपर्ने निष्कर्ष निकालेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी