"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोइराला पक्षको बैठकले देउवाको आलोचना, आगामी रणनीति तय गर्न अर्को बैठक बोलायो

प्रकाशित मिति :  22 January, 2023 7:05 pm


काठमाडौं  आज नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठक बसेको बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली, आगामी माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले बताए ।  

 
यस्तै उहाँका अनुसार यी विषयमा केन्द्रित भएर समूहका नेताहरूले आ–आफ्नो धारणा राखेका छन् । यस्तै आगामी मंगलबार पुनः बसेर समूहको रणनीति तय गरिने केसीले बताए । 

 
यता बैठकमा बोल्ने अधिकांश नेताहरूले प्रचण्डलाई विश्वासको मत दिएको सन्दर्भमा सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए । प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नु नेतृत्वको कमजोरी भएको भन्दै उनीहरूले सभापतिको कार्यशैलीको आलोचना गरेका थिए । 

यस्तैगरि देउवाले पार्टीबाट प्रचण्डलाई विश्वासको मत दिने निर्णय गराउनुभएको थियो । पुस २६ मा विश्वासको मत दिँदा केही नेताहरूले असन्तुष्टि समेत पोखेका थिए । संसदीय दलको निर्वाचनमा आफ्नै समूहबाट धोका भएको विषयमा समेत छलफल भएको थियो । संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाले आफ्नै समूहबाट पनि मत नपाएको कतिपयले प्रश्न उठाएका थिए । अब पार्टीलाई सही ढंगले अघि बढाउन प्रभावकारी योजनाका साथ अघि बढेर सोही अनुसार नेतृत्वलाई दबाब दिनुपर्ने निष्कर्ष निकालेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका