"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपाले तोक्यो विभिन्न समिति र विभागहरूका संयोजक

प्रकाशित मिति :  23 January, 2023 12:19 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधानअनुसार विभिन्न समिति र विभागहरूका संयोजक तोकेको छ। केन्द्रीय कार्यालय बसुन्धारामा आइतबार बसेको बैठकले समिति र विभागमा प्रमुख र सदस्य मनोनीत गर्ने निर्णय गरेको हो।

जसअनुसार केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल मनोनीत भएका छन् भने केन्द्रीय लेखा आयोगको संयोजकमा अभिषेक घिमिरेलाई जिम्मेवारी दिइएको छ। केन्द्रीय अनुशासन तथा आचरण समिति प्रमुखमा भरतमणि देवकोटा र सदस्यहरूमा रामहरि सुवेदी, रमाकान्त रिमाल, यज्ञमणि न्यौपाने रहेका छन्।

साथै विवाद समाधान समिति प्रमुखमा विष्णुकुमार श्रेष्ठ र पुनरावेदन समिति प्रमुखमा विपिनकुमार आचार्य र सदस्यमा दिपक बोहरा छन्। पार्टी महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकाललाई नीति तथा विचार विभाग प्रमुख तोकिएको छ।

अभियान तथा प्रचार प्रसार विभाग प्रमुखमा विपिनकुमार आचार्य मनोनीत भए। मानवीय विकास प्रवर्द्धन विभाग प्रमुखमा कुशुम महर्जन र प्रशिक्षण विभाग प्रमुखमा मुकुल ढकाललाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।

संगठन विभाग प्रमुखमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र उपप्रमुखमा विष्णुकुमार श्रेष्ठ तथा सचिवमा शंकर श्रेष्ठ मनोनीत भएका छन्।

उत्पादन प्रवर्धन विभाग प्रमुखमा रामकृष्ण भट्टराई, विकास योजना तथा नीति तर्जुमा विभाग प्रमुखमा अरनिको पाँडे, केन्द्रीय आरएटी संयोजन विभाग प्रमुखमा विष्णुकुमार श्रेष्ठ र सूचना तथा प्रविधि विभाग प्रमुखमा विपिनकुमार आचार्य मनोनीत भएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी