"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपाले तोक्यो विभिन्न समिति र विभागहरूका संयोजक

प्रकाशित मिति :  23 January, 2023 12:19 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधानअनुसार विभिन्न समिति र विभागहरूका संयोजक तोकेको छ। केन्द्रीय कार्यालय बसुन्धारामा आइतबार बसेको बैठकले समिति र विभागमा प्रमुख र सदस्य मनोनीत गर्ने निर्णय गरेको हो।

जसअनुसार केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल मनोनीत भएका छन् भने केन्द्रीय लेखा आयोगको संयोजकमा अभिषेक घिमिरेलाई जिम्मेवारी दिइएको छ। केन्द्रीय अनुशासन तथा आचरण समिति प्रमुखमा भरतमणि देवकोटा र सदस्यहरूमा रामहरि सुवेदी, रमाकान्त रिमाल, यज्ञमणि न्यौपाने रहेका छन्।

साथै विवाद समाधान समिति प्रमुखमा विष्णुकुमार श्रेष्ठ र पुनरावेदन समिति प्रमुखमा विपिनकुमार आचार्य र सदस्यमा दिपक बोहरा छन्। पार्टी महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकाललाई नीति तथा विचार विभाग प्रमुख तोकिएको छ।

अभियान तथा प्रचार प्रसार विभाग प्रमुखमा विपिनकुमार आचार्य मनोनीत भए। मानवीय विकास प्रवर्द्धन विभाग प्रमुखमा कुशुम महर्जन र प्रशिक्षण विभाग प्रमुखमा मुकुल ढकाललाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।

संगठन विभाग प्रमुखमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र उपप्रमुखमा विष्णुकुमार श्रेष्ठ तथा सचिवमा शंकर श्रेष्ठ मनोनीत भएका छन्।

उत्पादन प्रवर्धन विभाग प्रमुखमा रामकृष्ण भट्टराई, विकास योजना तथा नीति तर्जुमा विभाग प्रमुखमा अरनिको पाँडे, केन्द्रीय आरएटी संयोजन विभाग प्रमुखमा विष्णुकुमार श्रेष्ठ र सूचना तथा प्रविधि विभाग प्रमुखमा विपिनकुमार आचार्य मनोनीत भएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका