"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने, समर्थन जुटाउन लाग्ने निर्णय

प्रकाशित मिति :  23 January, 2023 2:45 pm


काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । सोमबार विहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिन निर्णय गरेको हो ।  कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ । राष्ट्रपतिमा सबै दलको सहयोग लिएर अगाडि बढ्ने निर्णय भयो ।’

कांग्रेसले समयमै राष्ट्रपतिको निर्वाचन गराउनका लागि निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता महतले बताए । महतका अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती भएको भनेर आफूले नभनेको नेता शेखर कोइरालाले बताए ।  ‘मैले यस्तो भनेको होइन । झुटो प्रचार गरियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा अलग मत छ भनेकै छैन,’ उनले भने, ‘मैले भन्दै नभनेको कुरा प्रयोजित रुपमा बाहिर आयो । मैले यसको खण्डन गरिसकेको छु ।’ कोइरालाले राष्ट्रपतिको निर्वाचनमा समर्थन जुटाउन लाग्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी