"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुनको मूल्य अहिले सम्मकै उच्च

प्रकाशित मिति :  24 January, 2023 11:53 am


काठमाडौँ । सुनको मुल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो । जुन उच्च मूल्य एक वर्ष नपुग्दै तोडिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ बढी हो । यसअघि सोमबार १ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने गत फागुन २५ गते प्रतितोला १ हजार ४५० रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो