"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

न्युजिल्यान्डमा ज्यासिन्डा अर्डनको राजीनामा, हिपकिन्स बने नयाँ प्रधानमन्त्री

प्रकाशित मिति :  25 January, 2023 6:07 pm


ऐजेन्सी । ज्यासिन्डा अर्डनले प्रधानमन्त्री पदबाट अघिल्लो हप्ता अनपेक्षित राजीनामा दिएपछि क्रिस हिपकिन्स न्युजिल्यान्डको नयाँ प्रधानमन्त्री बनेका छन् । नवनियुक्त प्रधानमन्त्री हिपकिन्सले बुधबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।

ज्यासिन्डा नेतृत्वको सरकारमा कोरोना महामारी नियन्त्रण तथा पुलिस मन्त्री रहेका ४४ वर्षीय हिपकिन्सलाई न्युजिल्यान्डको लेबर पार्टीले दलको नेता र संसदले देशको नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेको छ । ज्यासिन्डा गत हप्ता मात्रै आफूसँग देश चलाउनका लागि थप केही नभएको भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

सन् २०१७ मा प्रधानमन्त्री निर्वाचित भएकी ज्यासिन्डा विश्वको सबभन्दा कम उमेरकी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेकी थिइन् । उनी प्रधानमन्त्री हुँदा ३७ वर्षकी थिइन् भने लेबर पार्टीको तेस्रो तहकी नेतृ थिइन् । न्युजिल्यान्डमा आगामी अक्टोबरमा हुन लागेको आम निर्वाचन अगावै उनले पदबाट राजीनामा दिएकी हुन् ।

नयाँ नियुक्त भएका प्रधानमन्त्री हिपकिन्स यसअघि न्युजिल्यान्डका शिक्षामन्त्री थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन