"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संविधान र व्यवस्था माथि प्रश्न मात्र गर्ने होईन कार्यान्वयन तर्फ लागौ : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  9 February, 2023 4:14 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान र राजनीतिक प्रणालीको समीक्षा गर्ने बेला नभएको बताएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधारका विषयमा गरेको अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतिकरण कार्यक्रममा अहिले नै समीक्षातिर लाग्दा राजनीतिक अस्थिरता आउन सक्ने बताएका हुन् ।

संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउन बाँकी नै रहेको भन्दै संविधानको पूर्ण कार्यान्वयनपछि मात्र समस्या र त्रुटि के छ भन्ने निश्कर्षमा पुग्न सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘संविधानले भनेको कुरा पहिला लागू गरौँ । त्यसले के नतिजा दिन्छ, त्यसपछि समीक्षा गरौँला । संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनु हुँदैन’ उनले भने ।

संघीयता बलियो बनाउन संघीय निजामती सेवा ऐन र अरु थुप्रै ऐन बनाउन आवश्यक रहेको भन्दै उनले पहिले ती काम सकेपछि मात्र समीक्षा गर्नुपर्ने धारणा राखे ।

‘अहिले नै समीक्षातिर लाग्यौँ भने राजनीतिक अस्थिरता आउन सक्छ । दर्शन, सिद्धान्त, प्रणाली जनताले धेरै हेर्दैनन्, उनीहरूले आफ्नो जीवनमा आउने परिणाम हेर्छन्’ प्रधानमन्त्री प्रचण्डले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार