"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रुस–युक्रेन युद्ध रोक्नुपर्ने पक्षमा नेपालसहित १४१ देशले दिए मत

प्रकाशित मिति :  24 February, 2023 10:37 am


काठमाडौं । संयुक्त राष्ट्र संघको महासभाले युक्रेनमाथि रुसले गर्दै आएको आक्रमण रोक्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित गरेको छ ।

यो प्रस्तावको पक्षमा नेपालसहित १४१ देशले मत दिए । रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआले भने प्रस्तावको विपक्षमा मतदान गरे । चीन, भारत, इरान, दक्षिण अफ्रिका लगायतका ३२ देश भने तटस्थ बसेका थिए ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज एक वर्ष पूरा भएको छ । यही युद्धको वार्षिकीत्सवको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनमाथि रुसले गरेको आक्रमणको भर्त्सना गरेको छ । महासभाले लडाइँ रोकेर विनाशर्त युक्रेनबाट रुसी सेना फिर्ता गर्नुपर्ने र सक्दो चाँडो शान्ति कायम गर्नुपर्ने प्रस्तावलाई अत्यधिक मतका साथ पारित गरेको छ ।

रुसले युक्रेनका चारवटा क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेपछि बढेको तनाव युद्धमा परिणत भएको थियो ।

२०२२ को फेब्रुअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण सुरु गरेका थिए । त्यसयता दुवै तर्फका सेनामा ठूलो क्षती भएको छ । रुसी आक्रमणबाट युक्रेनका थुप्रै सर्वसाधारण पनि मारिएको, कयौं मानिसहरु छिमेकी देशमा विस्थापित भएको र शहरहरु खण्डहरमा परिणत भएका मिडिया रिपोर्टहरु सार्वजनिक भएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका