"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाललाई पपुवा न्यु गिनीले दियो २०४ रनको विजयी लक्ष्य

प्रकाशित मिति :  27 February, 2023 3:33 pm


काठमाडौँ । नेपालले क्रिकेट विश्वकप लिग-२ मा सोमबार पपुवा न्यु गिनीविरुद्ध सानदार बलिङ गरेको छ । टस हारेपछि ब्याटिङमा आएको पपुवा न्यु गिनीलाई नेपालले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्धारित ५० ओभरमा २०३–९ को स्कोरमा रोक्यो ।

कप्तान असाद भालाले पपुवा न्यु गिनीबाट ३६ रन बनाए । उनले ५३ बल खेल्दै ४ चौका प्रहार गरे । सेसे बाउले ५१ बल खेली ३ चौका प्रहार गरि ३१, किप्लिन डोरिगाले ५९ बल खेली ४ चौका प्रहार गरी २९ रन बनाए । ओपनर टोनी उरा २ र चार्ल्स अमिनी ६ रनमा आउट भए ।

चाड सोपर ३६ रन बनाई अविजित रहे । उनले ५३ बल खेल्दै २ चौका प्रहार गरे । नोर्मन भानुआले खेलको अन्त्य तिर १५ बलमा २५ रन बनाए । उनले समान २ चौका र छक्का प्रहार गरे । गुलशन झाले नेपालबाट ३ विकेट लिए । उनले ९ ओभरमा २८ रन खर्चे । कुशल मल्लले ८ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र करण केसीको नाममा १–१ विकेट रहयो ।

नेपालले प्रतिश जिसीलाई ‘डेब्यु’ गर्ने मौका दिएको थियो । केहि महङ्गा साबित भएका उनले ६ ओभरमा ३७ रन खर्चेर एक विकेट लिए । दीपेन्द्रसिंह ऐरीले सानदार क्याच लिइ हिरी हिरीलाई १० रनमा पेभेलियन फर्काउदै प्रतिशलाई पहिलो विकेट लिन सहयोग गरे ।

घरेलु मैदानमा लिग २ को नामिबिया र च्याम्पियन स्कटल्यान्डविरुद्धको २–२ खेल गरि ४ खेल जित्दै क्लिन स्विप गरेको नेपालले त्यो फर्मलाई यूएईमा बलिङमाफर्त कायमै राखेको छ । त्यसविपरीत लिग-२ को पुछारमा रहेको पपुवा न्यु गिनीले पछिल्ला ५ खेल नै हारेको छ । टोलीले लिग २ का २८ खेलमा २ मा मात्र विजय हात पार्न सकेको छ ।

नेपाल २८ खेलको समाप्तिमा २६ अंकसहित सात राष्ट्र सहभागी लिग-२ को छैटौं स्थानमा छ ।

नेपालले बाँकी रहेको ८ मध्येको ५ खेल जितेमा शीर्ष पाँच भित्र परेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने छ भने ७ खेल जितेमा शीर्ष ३ राष्ट्र बन्दै जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छ ।

यूएई भ्रमणमा नेपालले पपुवा न्यु गिनी र यूएईसँग २–२ खेल खेलेपछि लगत्तै काठमाडौं आएर यही दुई टोलीसँग थप २–२ खेल खेल्दै लिग २ को यात्रा टुंगाउने छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको