"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एलडीसीको सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाँदै

प्रकाशित मिति :  3 March, 2023 11:53 am


काठमाडौँ ।अति कम विकसित मुलुकहरू(एलडीसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज (शुक्रबार) कतारको दोहा जाने भएका छन्। यही फागुन २१ देखि २५ गतेसम्म आयोजित सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालले यसवर्ष अति कम विकसित देशहरू (एलडीसी)को अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ। यसअघि मालवीले अध्यक्षता ग्रहण गरेको थियो। उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, सांसद जीतेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारस्थित नेपाली राजदूतलगायत छन्।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणका क्रममा एलडीसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनेछन्। त्यस्तै विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै, दोहामा रहेका नेपालीसँग मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम छ। उपप्रधानमन्त्री श्रेष्ठ यही फागुन २३ गते स्वदेश फर्कने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको अन्त्येष्टिमा सहभागी

काठमाडौँ- नेपाली सेनाका पूर्वरथी (जर्नेल) बालानन्द शर्मा परराष्ट्रमन्त्री भएका छन्। नवनियुक्त परराष्ट्रमन्त्री शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शीतल निवासमा आयोजित समारोहमा

काठमाडौँ — नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनलाई आज साढे २ बजे शपथ

काठमाडौँ — राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले