"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चीनले आगामी बर्षका लागि रक्षा बजेटमा वृद्धि गर्दै

प्रकाशित मिति :  २२ फाल्गुन २०७९, सोमबार १६:१०


काठमाडौँ । चीनले सन् २०२३ को रक्षा बजेटमा ७.२ प्रतिशतले वृद्धि गर्ने भएको छ । आइतबार राष्ट्रिय जनकंग्रेस (एनपीसी) को वार्षिक सत्रको उद्घाटनमा पेस गरिएको बजेटको मस्यौदामा देशको वार्षिक रक्षा बजेट करिब २ खर्ब २५ अर्ब डलर हुने उल्लेख छ ।

विश्वव्यापी रूपमा नै सुरक्षा तनाव बढिरहेको अवस्थामा चीनले आफ्नो रक्षा बजेटलाई निरन्तर बढाउँदै लगिरहेको छ । यसले अमेरिका र चीनबीचको द्वन्द्वलाई थप उत्कर्षमा पुर्‍याउन सक्ने रक्षा विश्लेषकहरूले दाबी गरेका छन् ।

बाह्य खतरा र अस्थिरताको सामना गरिरहेको राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र विकास हितको रक्षा गर्न तथा आफ्नो राष्ट्रिय रक्षालाई आधुनिकीकरण गर्ने प्रयासका लागि रक्षा बजेट बढाइएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

सन् २०१६ यता चीनले लगातार आठौँ वर्ष रक्षा बजेटमा भइरहेको बढोत्तरीलाई कायम नै राखेको हो । कोभिड महामारीको समयमा पनि चीनले रक्षा बजेट वृद्धिलाई कायम नै राखेको थियो । २०२० मा रक्षा बजेटमा ६.६ प्रतिशतको वृद्धि, २०२१ मा ६.८ प्रतिशत तथा २०२२ मा ७.१ प्रतिशतले वृद्धि गरिएको थियो । गत वर्षको तुलनामा यसवर्ष रक्षा बजेट केवल ०.१ प्रतिशतले बढाइएको हो । चिनियाँ सैन्य विज्ञ तथा टिप्पणीकार सोङ झोङपिङका अनुसार चीनको राष्ट्रिय रक्षा आवश्यकता र आर्थिक विकासलाई ध्यानमा राख्दा यो वृद्धिलाई उच्च मान्न सकिन्न ।

यस्तै बजेटमा २०२३ मा चीनको आर्थिक वृद्धिदर लाई ५ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको पनि उल्लेख गरिएको छ । २०२२ मा चीनले आर्थिक वृद्धिदरलाई ३ प्रतिशत कायम राख्ने लक्ष्य राखेको थियो ।

ग्लोबल टाइम्सका अनुसार चीनले सन् २०२७ सम्ममा चिनियाँ सेनाको शताब्दी लक्ष्य हासिल गर्ने, सन् २०३५ सम्ममा राष्ट्रिय रक्षा र सशस्त्र बलको आधुनिकीकरण गर्ने र २१औँ शताब्दीको मध्यसम्ममा सशस्त्र सेनालाई पूर्णरूपमा विश्वस्तरको सेना बनाउने लक्ष्य राखेको छ।

गत शनिबारबाट सुरु भएको एनपीसी बैठकले राष्ट्रपतिमा सी चिनफिङको पुन: निर्वाचित गर्नुका साथै चिनियाँ सेनाको प्रमुख पनि चयन गर्ने छ । साथै यसै बैठकले चीनको नयाँ प्रधानमन्त्री पनि चयन गर्ने छ । गत अक्टोबरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले राष्ट्रपति सीलाई तेस्रो पटक पार्टीको नेतृत्वकर्ता चयन गरेको थियो ।

रुस-युक्रेन युद्ध, बेलुन काण्डसँगै अमेरिकासँग बढेको तिक्तता तथा राष्ट्रपति सीको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको निकटताबीच आएको रक्षा बजेटले विश्व राजनीतिलाई नै तरंगित बनाएको छ । अमेरिकी अधिकारीहरुले चीनले ताइवानमाथि निकट भविष्यमा नै आक्रमण गर्नसक्ने खतरा रहेको दाबी गर्ने गरेका छन् । चीनले विगत केही वर्ष यता ताइवान वरपरको सामुद्रिक क्षेत्रमा सैन्य शक्तिको प्रदर्शनलाई बढावा दिएको छ । चीनले स्वशासित ताइवानलाई आफ्नो देशको अंग बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। समाचार एजेन्सी सीएनएनका अनुसार मत गणना जारी रहँदा ट्रम्पको रिपब्लिकन पार्टीले २७७ इलेक्ट्रोरल

अमेरिका/ एजेन्सी – विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ। अमेरिकी जनताले मतदान गर्न अब केही

एजेन्सी – रूसी अदालतले गुगललाई विश्व अर्थतन्त्रको आकारभन्दा धेरै जरिवाना तोकेको छ। बिबिसीका अनुसार गुगललाई तोकिएको जरिवाना ३७ अंकको छ। त्यसलाई डलरमा रूपान्तरण गर्दा २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच रुसको कजानमा भेटवार्ता भएको छ । ब्रिक्स सम्मेलनका क्रममा