"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लैंगिक समानताका लागि काम गर्न राष्ट्रसङ्घीय महासचिव गुटरेसको आग्रह

प्रकाशित मिति :  8 March, 2023 12:20 pm


काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले लैंगिक समानताका लागि काम गर्न आग्रह गरेका छन् ।

उनले अहिले पनि लैंगिक विभेद रहेको तथा महिला र पुरुषबीचको समानताका बीचमा खाडल रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै धेरै काम गर्नुपर्नेमा जोड दिए ।

विश्वमा महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय एक आयोगको सत्रलाई सम्बोधन गर्दै गुटरेसले अहिले देखिएको महिला र पुरुषबीचमा असमानता कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा महिला सहभागी आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले पनि महिलाको पहुँच विज्ञान र प्रविधिका क्षेत्रमा कम देखिएकोले यस क्षेत्रमा उनीहरुको पनि समान पहुँच कायम गर्न सकेमा लैंगिक समानता कायम गर्न सहयोग पुग्नेछ ।’

आज मार्च ८ तारिख, अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइँदैछ । यसवर्षको दिवस महिलालाई पनि विज्ञान र प्रविधिका क्षेत्रमा समान पहुँच दिनुपर्ने नाराका साथ मनाइँदैछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का नेता एवं भारतीय गृहमन्त्री अमित शाहबीच