"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालले पायो अतिकम विकसित देशहरुको ग्लोबल समन्वय ब्यूरोको जिम्मा

प्रकाशित मिति :  8 March, 2023 12:25 pm


काठमाण्डौ । नेपालले अतिकम विकसित देश (एलडीसी) को ग्लोबल समन्वय ब्यूरोको अध्यक्षको जिम्मेवारी पाएको छ ।कतारको राजधानी दोहामा भएको अतिकम विकसित देशहरुको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई ग्लोबल समन्वय ब्यूरोको नेतृत्व प्रदान गरेको हो ।

एक महिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच नेपाललाई औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण हुनेछ । मार्च ५ तारिख अर्थात् गएको आइतवार देखि दुई दिनसम्म दोहामा भएको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए ।

सम्मेलनमा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित देशबाट विकासशील देशमा प्रवेश गर्ने प्रतिबद्धता दोहोर्‍याएको थियो । सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ गएराति स्वदेश फर्कीएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का नेता एवं भारतीय गृहमन्त्री अमित शाहबीच